चितवनः नारायणी नदीमा घुम्न आउनेहरुका लागि आकर्षक वनाउनका लागि निर्माण गरिएको हात्तीको प्रतिमा वगाएको छ । नारायणी नदीमा आएको बाढीले दुई वटै हात्तीको प्रतिमा बगाएको हो। आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ ।

दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको एउटा प्रतिमा बगाएको थियो । केही समय पश्चात अर्को मुर्ती पनि बगाएको छ । हात्तीको प्रतिमा बगाउने डरले डोरीले बाँधेर राखिएको थियो । तर बहाव बढेसंगै डोरी चुढाएर प्रतिमा बगाएको हो ।
नारायणी नदीमा अहिले पानीको बहाव खतराको संकेत नाघेको छ । जल मापन केन्द्र देवघाटका अनुसार पानीको सतह ९.१२ मिटर पुगेको छ । यस्तै नारायणी पुल तर्फ पानीको सतह अहिले १२।१४ पुगेको छ । यसले खतराको संकेत नाघेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस !