संखुवासभाः संखुवासभाको सिलिचोङ गाउँपालिका १ मा गएराति गएको पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । सोही स्थानमा पहिरोमा परेकाहरुको उद्धारका क्रममा एकजनाको मृत्यु भएको छ ।

बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायब उपरिक्षक नवराज मल्लका अनुसार उद्धारमा खटिएका २५ वषीय मदन राईको मृत्यु भएको हो ।
पहिरोमा हराइरहेकाहरुको खोजी जारी छ । नौ घर पहिरोमा पुरीएका छन् ।

जिल्ला सदरमुकामा विभिन्‍न स्थानमा पनि पहिरोले क्षति पुर्‍याएको छ । ठाउँठाउँमा पहिरो जाँदा उद्धारकार्यमा टोली परिचालन गर्नसमेत समस्या भएको मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !