नारायणी नदीले नाघ्यो सतर्कता तह

चितवनः दुईदिन देखि परेको बर्षाका कारण नारायणी नदीमा जलसतहले सतर्कता तह नाघेको छ। आज दिउसो जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार नारायणी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो। नारायणीमा अझै जलसतह बढ्न सक्छ। बाढीले खतरा पुग्‍न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।