चितवनः जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शंकास्पद मृत्यु का बिषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानरपालिका वडा नम्बर १० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङ्गको हत्याको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिईएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुरुङ्गको परिवारको किटानी जाहेरीको आधारमा उनीहरुकालाई नियन्त्रणमा लिईएको हो ।
यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा आँफ्नै बारिमा मृत अबस्थामा भेटिएका २७ वर्षिय सञ्जय खनालको मृत्यु प्रकरणमा संलङ्गन रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खनालको हत्या गरेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिईएको भए पनि एक जनालाई निगरानीमा राख्ने गरि छाडीएको थापाले बताउनुभयो । खनाल यहि असार १८ गते आफ्नै बारिमा मृत अबस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस !