चितवन : कोरोना संक्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यलय चितवनले लकडाउनमा थप कडाई गरेको छ । कार्यालयले जारी गरेको सुचनामा सामाजिक दरी कायम नगर्ने र मास्क नलगाई घरबाहिर निस्कनेलाई कारवार्ही गरिने छ । जिल्ला प्रशासन कार्यालय चितवनले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न सूचना जारी गरेको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकिय अधिकृत इश्वर सिंखडाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको प्रशासनले जनाएको छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने प्रशासनको सूचनामा उल्लेख गरिएको छ ।
यो सुचनाको बिरुद्ध हिड्नेलाई कानुन बमोजिम कारवाहि गरिने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !