चितवनः नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद कोईरालाको ९७ औ जन्म जयन्तीको अबसरमा यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपिडितलाई रकम सहयोग गरिएको छ । काँग्रेस निकट जनसम्पर्क समन्वय समिति कुवेतका सभापति राजेन्द्र वारालीको संयोजनमा भरतपुर महानगरपालिका वडा नम्बर २५ निबासी क्यान्सर पिडित एक महिलालाई सहयोग गरिएको हो ।
गैर आबासिय नेपाली संघका सचिब गौरी जोशीको बिशेष सहयोगमा काँग्रेस चितवनका सचिब उत्तम जोशीले सो रकम पिडित सनिचरी कामीको परिवारलाई हस्तान्तरण गरिएको हो । मुखमा क्यान्सर भएका कारण पाँच पटक सम्म केमो चडाएर औषधि गर्न पौसा नभएकी कामीलाई जोशीको आग्रहमा सहयोग रकम संकलन गरिएको थियो । आर्थिक अबस्था कम्जोर भएका कारण उपचार गर्नबाट बन्चित भएको कामी परिवाले काँग्रेसको सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ ।
कामीको उपचारका लागि बिभिन्न १४ वटा देशका जनसम्पर्क समितिहरुले सहयोगमा रु १ लाख १५ हजार रुपैंया सहयोग गरिएको हो । काँग्रेस चितवनका जिल्ला तथा वडा स्तरीय बिभिन्न नेताहरुको उपस्थितिमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारले सहयोग उनको उपचार सम्पन्न भईन्जेल सम्मका लागि गर्न आग्रह गरेको छ । सो अबसरमा बोल्दै काँग्रेस चितवनका सचिब जोशीले आबश्यक सहयोगका लागि काँग्रेस तयार रहेको बताउनुभयो ।
सो अवसरमा बोल्दै नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष एबं क्यान्सर अस्पतालका नाक, कान घाँटी रोग बिशेषज्ञ डा. अनिल बिक्रम कार्कीले अस्पतालबाट हुने सहयोगका लागि सधै आँफुहरु तयार रहेको बताउनुभयो ।