चितवनः प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले शुक्रबार राती ६ लाख ५४ हजार ५ सय रुपैंया सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई वनेपा नगरपालिका वडा नम्बर ६ पाँचकुमारी पेट्रोलपम्प रहेको जनक तिमल्सिनाको घरबाट पक्राउ गरिएको हो । कार्यालयका प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाका अनुसार पक्राउ पर्नेमा वनेपा नगरपालिका वडा नम्बर ६ का जनक तिमल्सिना, तेमाल गाउँपालिका वडा नम्बर ८ का विश्वराज तामाङ, भुलिखेल नगरपालिका वडा नम्बर ४ का रामेश्वर केसी, अनिल थापा, भोला राय र किरण रन्जितकार रहेका छन् ।
उनीहरुलाई शुक्रबार राती ८ वजे नियन्त्रर्णमा लिईएको हो । उनीहरुको साथबाट चार वुक तास र जुवा खेल्दा प्रयोग भएको एक थान तन्दा समेत वरामत गरिएको उहाँले जानकारी दिनुभयो ।
उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्धा दर्ता गरि कारवाही प्रकृया अघि वढाईएको छ ।