
चितवनः प्रभात माबि शुक्रनगरले वढि आएको रकम ३३ लाख ८ हजार ६ सय ८४ रुपैंया भरतपुर महानगरपालिका राजस्व खातामा जम्मा गरेको छ । महानगरको शैक्षिक महाशाखाले रकम फिर्ता गर्न भनि जेठ ३० गते पत्राचार गरे संगै बिद्यालयले सो रकम बिहिबार राजस्व खातामा जम्मा गरेको हो । गत साउनमा बिद्यालयको नाममा सो रकम बढि गएको थियो ।रकम बढि गए संगै रोक्का र फुकुवा गर्ने बिषय देखि लिएर सबै शिक्षा महाशाखाले गरेको पत्रका आधारमा चौतर्फि रकम हिनामिना भएको आशंका गरिएको थियो ।
बिद्यालयले मिडियामा समाचार प्रकासन प्रसारण भए संगै रकम फिर्ता गरेको हो । यस बिषयमा हामीले असार २ गते समाचार प्रकाशन गरेका थियौ ।
यसैबिच सोही समाचारको बिषयलाई लिएर बिद्यालयले ध्यानाकर्षण भन्दै खण्डन गरेको छ । बिद्यालयले आज एक बिज्ञप्ति जारी गर्दै बिद्यालयको नाममा रकम वढि आएको भए पनि हिनामिना नगरेको भन्दै अनलाईनमा आएको समाचार प्रति नभई शिर्षक प्रति आफँुहरुको खण्डन गरेको हो । बिद्यालयको खातामा आएको रकम कुनै व्यक्तिले व्यक्तिगत नाममा अपचलन नगरेको बिज्ञप्तिमा जनाईएको छ । बिज्ञप्तिमा समाचार यथार्थ तथ्यहरुको पहिचान नभई आएको र यस्ता समाचार प्रकाशन गर्नु पूर्ब तथ्य पहिचान गर्न पनि बिद्यालयले आग्रह गरेको छ । बिद्यालयका प्राचार्य होमनाथ भण्डारी द्धारा जारी बिज्ञप्तिमा बिद्यालयमा रकम वढि गएको स्विकार गर्दै सो रकम बिद्यालयकै प्रयोजनमा खर्च भएको उल्लेख गरिएको छ ।