काठमाडौंः प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने भएको छ । कांग्रेस पदाधिकारीहरुको बुधबार विहान बसेको बैठकले अहिले भएकै व्यवस्थाको पक्षमा उभिने निर्णय गरेको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिने प्रस्तावमा पेश भएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यसलाई समर्थन गरेको छ तर कांग्रेसले पार्टीमा छलफल गर्न भन्दै समय मागेको थियो ।