चितवनः लकडाउनका कारण निकै प्रभाबित वनेको होटल व्यवसायलाई माथि उठाउन आन्तरिक पर्यटकलाई आकर्षीत गर्न पे नाउ गो लेटर नाम दिएर नयाँ योजना सार्बजनीक गरिएको छ । जसमा पछिका लागि अहिले होटल बुकिङ् गर्नेले ५० प्रतिशत बोनस पाउने छन् ।
यस योजनाका संस्थापक होटल व्यवसायी सुमन घिमिरेका अनुसार https://paynowgolater.com वेवसाईडमा गएर होटल दर्ता गर्न र ग्राहकले बुकिङ् गर्न सक्ने छन् । हाल सम्म १९ वटा होटल दर्ता भई सकेका छन् । चितवन, पोखरा, काठमाडौं र भैरहवाका होटल दर्ता भएको घिमिरेले जानकारी दिनुभयो ।
दर्ता हुन चाहने होटलले सोही वेवसाईडमा गएर फारम भरी होटलका बारेमा फोटा सहितको जानकारी दिनु पर्ने हुन्छ । दर्ता भएका होटल छानेर ग्राहकले प्रत्यक्ष सम्पर्क गरि रकमको मोलमोलाई गरेर बुकिङ् गर्न सक्ने व्यवस्था गरिएको छ । अहिले बुकिङ भए पनि दुई महिना पछि मात्र ग्राहकले यो सुबिधा पाउने छन् । हाल बुकिङ् गरेर सन २०२१ को अन्त्य सम्म होटल प्रयोग गर्न सकीने छ ।
बोनस रकमले होटलका कोठा र खाना मात्र भूक्तानी गर्न सकीने व्यवस्था गरिएको छ । तर बुकिङ् गरेको रकम बराबरको सेवा पटक पटक गरि लिन सकिने जनाईएको छ ।
क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष समेत रहनु भएका जंगल सफारी लज सौराहाका संञ्चालक युवा व्यवसायी घिमिरेले यो अभियानको थालनि गर्नु भएको हो । उहाँका अनुसार अहिले अन्य क्षेत्र खुलि रहँदा होटल व्यवसाय ठप्प छ । अहिले पनि आम्दानी भईरहेका व्यक्तिहरुले आम्दानी बिहिन अबस्थामा रहेका होटललाई सहयोग गरि आँफुले बोनस पाउन सक्ने गरि आन्तरिक पर्यटकहरुका लागि यो योजना ल्याईएको घिमिरेको भनाई छ ।
लकडाउन संगै देशभरीका होटल वन्द छन् । बिश्वका अधिकांश देश कोरोना भाईरसबाट प्रभावित छ । जसले गर्दा केही समय सम्म बाह्य पर्यटक आउने सम्भावना छैन । आन्तरिक पर्यटकलाई आकर्षण गर्न व्यवसायीहरु लागि परेका छन् ।

प्रतिक्रिया दिनुहोस !