चितवनः भरतपुर अस्पतालले शुक्रबार अन्तिम पिसिआर रिपोर्ट नेगेटिभ नआउँदै ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । अस्पताल प्रशासनले शुक्रबार जारी गरेको सुचनामा उल्लेख गरिए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइड लाईन अनुसार उनिहरुलाइ डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा चितवनका तीन जना र नवलपुरका तीन जना रहेका छन् । उनिहरु १९ बर्ष देखि ७३ बर्ष सम्मका व्यक्तीहरु रहेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ का ३ जना , नवलपुर देबचुलीका २ जना र विनयी त्रिवेणीका १ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.श्रीराम तिवारीले जानकारी दिनुभयो ।
उनिहरुलाइ घरमा अनिवार्य १४ दिन क्वारेण्टाईनमा बस्न , परिवारका सदस्यहरु संग एक मिटरको दुरी कायम गर्न , मास्क प्रयोग गर्न , सावुनपानीले मिचिमिचि हात धुन र पौष्टकि आहार संतुलित रुपमा खान भनिएको छ । अस्पतालले पोजेटिभ केसको १४ दिन पछि भाईरसको प्रोटिन व्यक्तीको शरिरमा कायमै रहेर पिसिआर रिपोर्ट नेगेटिभ नआएपनि अन्य व्यक्तीलाइ सर्ने संभावना अत्यन्त न्युन हुने भएकाले उनिहरुलाई डिस्चार्ज गरिएको दावी गरेको छ । अस्पताल प्रशासनले बिश्व स्वास्थ्य संगठन , स्वास्थ्य मन्त्रालय लगायतको रिपोर्ट र गाइडलाईनको आधारमा डिस्चार्ज गरेको उल्लेख गरेको छ ।