चितवनः जिल्लामा रहेको भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परिक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्य कर्मी सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले आज प्रेस वक्तव्य जारी गर्दै ३ सय १० जनामा परिक्षण गरिएकोमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको जनएको हो ।
पोजेटिभ देखिएकामा एक निजि अस्पतालका चिकित्सक रहेका छन् । त्यसै गरि भरतपुर अस्पतालबाट स्वाब संकलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्य कर्मी रहेका छन् । भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका ६ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ४ जना, नारायणी सामुदायीक अस्पतालका १ जना, पुरानो मेडिकल कलेजमा रहेका २ जना, बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत १ जना रहेका छन् ।
त्यसै गरि नवलपुरका ५ जना र धादिङ्को १ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी भरतपुर अस्पताल र कोरोना अस्पतालमा उपचाररत ६ जनाको आज गरिएको पुनः परिक्षणमा पोजेटिभ देखिएको भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । ती दुई अस्पतालमा ८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।
माडी र भरतपुर महानगरपालिकामा भेटिएका संक्रमितहरु भारतबाट नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका छन् । अस्पतालमा भएकाहरु मध्ये नारायणी सामुदायीक अस्पतालको सघन उपचार कक्षमा रहेका एक जनाको अबस्था गम्भिर रहेको छ ।





