चितवनः माडी नगरपालिकाको आधारभूत बिद्यालय गोबिन्दबस्तिमा रहेको क्वारेन्टिनमा रहेका ३१ जनाको पिसिआर परिक्षण नतिजा नेगेटिभ आएको छ । आईतबार पहिलो दिन क्वारेन्टिनमा रहेका २४ जना र त्यही व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षा कर्मी गरेर ३१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको थियो । उनीहरुको नतिजा नेगेटिभ आएका नगरपालिकाका सूचना अधिकारी प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
क्वोन्टिनमा रहेका २४ जना छिमेकी देश भारतबाट आएका नगरबासी हुन । उनीहरुलाई अझै केही दिन क्वारेन्टिनमानै राखेर घर पठाईने छ । घर पठाउने समयमा पुनः ¥यापिट डाईग्नोष्टिक परिक्षण गरिने छ ।
उहाँका अनुसार हाल माडी नगरपालिकाका चारवटा क्वारेन्टिनमा १ सय ७५ जना रहेका छन् । उनीहरुको क्वारेन्टिन अबधि अनुसार स्वाब संकलन गरि परिक्षणका लागि पठाईने उहाँले बताउनुभयो । माडीको सोमेश्वर माविको क्वारेन्टिइनमा बसेका ७० जना, माडी क्याम्पसमा १० जना, दिवाकर स्मृति बिद्यालयमा ४९ जना, माडी माविको क्वारेन्टिनमा २२ जना र आधारभूत बिद्यालय गोविन्दबस्तीमा २४ जना रहेका छन् ।
यस नगरपालिकामा १२ वटा क्वारेन्टिन रहेको छ । नगरपालिकाले नमुना संकलन गरि परिक्षणका लागि किट समेत आँफैले व्यवस्था गर्ने गरि बजेट बिनियोजन गरिसकेको छ । यस अघि माडीका क्वारेन्टिनबाट ३४ जनाले समयअबधि पुरा गरि फर्किएको उहाँले जानकारी दिनुभयो ।