चितवनः लामो समय सम्म लकडाउन जारी रहँदा पूर्बी चितवनका कृषकले लगाएको तरकारी सहित बारी जोताउन थालेका छन् । किसानले उत्पादन गरेको तरकारीले वजार नपाएपछि तरकारी सहितनै जोत्न सुरु गरेका हुन ।
खैरहनी नगरपालिकामा वडा नम्बर १ वहेराका किसान बाससुदेव सापकोटाले तरकारी बिक्रि नभए पछि खेतमा ट्याक्टर लगाएर जोताउन बाध्य भएको बताउनुभयो । यस पटक लकडाउनले गर्दा वजार मूल्य नपाएपछि सापकोटाले भिन्डीबारी जोताउनुभएको हो । उहाँले सात कठ्ठा जग्गामा भिन्डी लगाउनुभएको थियो । वैशाख महिनामा उहाँले रु १२ हजारको मात्र भिन्डी विक्री गरेको बताउनुभयो ।
त्यसयता उहाँको भिन्डीले वजार पाएको छैन् । लकडाउन लम्विदा प्राय धेरै किसान मारमा परेका छन् । सापकोटाले आफ्नो परिश्रम बाहेक ७ कठ्ठामा रु ६५ हजार खर्च गरेर भिन्डी लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “सुरुमा केही विक्री भयो,अहिले सित्तैमा लैजान समेत मान्दैनन् ।” बोटमा छिप्याएर राख्नु भन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेर तरकारी सहित वारि जोतेको उहाँको भनाई छ । १२ वर्ष अघि प्रतिकिलो रु २ मा झरेपछि उहाँले त्यो बेला पनि तरकारी सहितको बारीमा ट्याक्टर लगाउनुभएको थियो ।
अर्का कृषक कृष्ण प्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । त्यस मध्ये ६ कठ्ठामा भिन्डी खेति गर्नुभएको छ । अन्य तरकारीले वजार पाए पनि भिन्डीले भने मूल्य नपाउँदा उहाँ निरास हुनुहुन्छ । भिन्डीसंगै जोडिएको जग्गामा मकै खेती गरेकाले एकै पटक जोत्ने तयारीमा उहाँ हुनुहुन्छ । विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती सुरु गर्नुभएका कृष्ण यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गर्नुहुन्थ्यो ।
तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मूल्य सरकारले तोक्नु पर्ने उहाँको भनाई छ । उनीहरुरुले स्थानीय ग्रामिण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्था मार्फत तरकारी विक्री गर्दै आएका छन् ।
सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम वन्द भएको वताउनुभयो । यहाँ उत्पादन भएको तरकारीको मूख्य वजार नारायणगढ,काठमाडौ र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भभन्नुभयो विचौलिया हाबी हँुदा तरकारीले उचित मूल्य पाउन नसकेको हो ।
सो क्षेत्रमा अहिले ३ सय किसानले व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नम्वर १ बाट मात्रै वार्षिक रु ९ करोडको तरकारी उत्पादन हुदै आएको छ । यहाँ भिन्डी, बोडी, वन्दा, काउली, गोलभेडा लगायतको तरकारीखेती हुँदै आएको छ । गत वर्षपनि यस क्षेत्रका किसानले उत्पादन गरेको तराकारीले बजार नपाए पछि खेतमानै जोताएका थिए ।

प्रतिक्रिया दिनुहोस !