चितवनः कुखुराको खोरको छानाले च्यापिएर नवलपुरको गैंडाकोटमा दुईजनाको मृत्यु भएको छ ।
आइतबार साँझ हावाहुरीसहितको आएको पानीले खोरको छाना भत्काउँदा कुखुरालाई दाना दिँदै गरेका गैंडाकोट नगरपालिका(८ का ३५ वर्षीया काँशीराम पौडेल र ४० वर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
च्यापिएर गम्भीर घाइते भएका दुवैजनाको चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।