चितवनः भरतपुर महानगरपालिकाले नारायणी नदि किनारमा बनाउन लागेको सि बिच बिबादमा परेको छ । सि बिच बन्ने भूभाग पर्ने महानगरको वडा नम्बर एकले नै बिरोध गरेपछि योजना प्रारम्भमै बिबादमा परेको हो ।
कार्यवाहक वडाध्यक्ष यम बहादुर वाचे मगरद्वारा जारी बिज्ञप्तिमा प्रक्रिया नमिलेसम्मको लागि सि बिच निर्माणको कार्य स्थगीत गर्न माग गरिएको छ ।
भरतपुर महानगरपालिकाको ७७ लाख र साझेदार उद्योग बाणिज्य संघ चितवनको २० लाख समेत गरि कूल ९७ लाखको लागतमा निमार्ण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
वडा समितिलाई महानगरको योजना र ठेकेदार चयनबारे जानकारी गराउनुपर्छ कि पर्दैन भनि बिज्ञप्तिमा प्रश्न गरिएको छ ।