चितवनः कोरोना रोगको संक्रमण वढ्दै जाँदा चौवीसैं घण्टा सेवामा समर्पीत हुने एम्बुलेन्स चालकले भने बाटोमा पानी पनि पिउन नपाउने गरेको बताउका छन् । कोरोना आयो भन्दै एम्बुलेन्स समेत रोक्न नदिने गरेको उनीहरुको गुनासो छ ।
नेपालमा चार हजार पाँच सय एम्बुलेन्स छन् । ती मध्ये सबैभन्दा वढि २÷२ सय हाराहारी काठमाडौं र झापामा छन् । त्यस पछिको वढि मोरङ् र चितवनमा रहेको एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछाने बताउनुहुन्छ ।
केही वाहेक अधिकांश यो संकटको घडीमा कार्यक्षेत्रमा छन् । लामिछाने भन्नुहुन्छ “जोखिम मोलेर अहोरात्र खट्दा पनि हाम्रोलागि कसैले हेर्दैनन् ।” एम्बुलेन्स चालकहरुमा गुनासाका चाङ् छन् । लामिछानेको भनाईमा बाटोमा पैसा तिरेर पनि खान पाईदैन । उहाँले गुनासो गर्नुभयो “एम्बुलेन्स रोक्यो भने कोरोना आयो भन्दै घृणा गर्दछन् ।” बाटोमा पानी समेत किनेर खान नपाउने गरेको उहाँको गुनासो छ । यस्तै एम्बुलेन्स चालकलाई पिपिई, सेनेटाईजर र मास्क छैन । भाडाको रकमले सेनीटाईजर किन्न पाग्दैन ।
यस्तै प्रहरीले चेकीङ्का क्रममा दुःख दिने गरेको चालकहरुको गुनासो छ । बिरामी झार्ने, अनाबस्यक कागजपत्र माग्ने र चालकलाई तथानाम गालि गर्ने गरेको लामिछानेले गुनासो छ । उहाँले भन्नुभयो “केहीले कमि कम्जोरी गरे होलान ती चालक कारवाही गर्नुपर्छ तर सबैलाई चेकिङ्का नाममा ज्याजती गरिन्छ ।”
देशमा संक्रमणमा भिड्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारको नाम लिईन्छ तर संगै जोखिम मोल्ने र काम गर्ने हामीलाई कसैले सम्झदैन लामिछानेको गुनासो गर्नुभयो । आठ घण्टा काम गर्ने नेपाल सरकारका कर्मचारीले तलव स्केलको दोव्वर पाईरहँदा २४ घण्टा काम गर्ने एम्बुलेन्स चालकले रु ८ देखि १० हजारमा काम गर्नु पर्ने बाध्यता रहेको लामिछानेको भनार्ई छ ।

प्रतिक्रिया दिनुहोस !