काठमाडौं । आज बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो । झापाको कचनकवल गाउँपालिकाका १५ जना, धरानका एकजना र धनकुटाका एकजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।