
चितवनः समाजिक पहुचका आधारमा जथाभावि रुपमा पिसिआर परिक्षणको माग र सिफारीस हुन थाले पछि यहाँको कोरोना प्रयोगशालामा पछिल्लो वैज्ञानीक निर्देशन अनुरुप मात्र परिक्षण गरिने निर्णय गरिएको छ । भरतपुर अस्पतालले पिसिआर प्रयोगशाला संञ्चालन गर्दै आएको छ ।
अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको अध्यक्षतामा आज यहाँ सम्पन्न चितवन र नवलपुरका स्वास्थ्य कार्यालय प्रमुख, अस्पताल एबं मेडीकल कलेज प्रमुख र सरोकारवालाहरुको वैठकले पछिल्लो वैज्ञानीक निर्देशनलाई पूर्ण पालना गर्दै परिक्षण गर्ने निर्णय गरेको हो । अधिकारीका अनुसार परिक्षणको गुणस्तरमा उच्च ध्यान दिदै स्वास्थ्य कार्यालय र निजी अस्पतालहरुलाई विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार आबश्यक पर्नेलाई मात्र परिक्षण गर्ने गरि सिफारीस र व्यवस्थापन मिलाउने निर्णय भएको छ ।
सो अवसरमा सवैलाई पछिल्लो निर्देशीका समेत बितरण गरिएको थियो । वैठकले शंकास्पद व्यक्तिको नमुना संकलन सम्बन्धित अस्पतालहरुले आँफैले गरि पठाउने र परिक्षणमा आबश्यक पर्ने भाईरल ट्रान्सफर मिडिया सरकारी तवरमा उपलव्ध नभएमा आँफैले व्यवस्था गर्ने निर्णय गरेको छ । उहाँका अनुसार शल्यक्रिया गर्नु पर्ने बिरामीलाई ज्वरो आई कोरोनाको लक्ष्यणहरु देखिए मात्र स्वाब परिक्षण गनी पठाउने निर्णय गरिएको छ ।
पछिल्लो समय निर्देशीका अनुसार आबश्यक नपर्नेहरुले परिक्षणका लागि दवाव दिने क्रम वढेपछि आबश्यक पर्नेका लागि मात्र परिक्षण गर्ने निर्णय गरिएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार वैठकमा चितवन र नवलपुरका जनस्वास्थ्य कार्यालयका प्रमुख, विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालका कार्यकारी दिर्नेशक, चितवनका दुवै मेडीकल कलेजका प्रमुख एबं प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।
भरतपुर अस्पतालले संञ्चालन गरेको प्रयोगशालामा चितवन र नवलपुरका कोरोना आशंका गरिएकाहरुको स्वाब परिक्षण गरिर्दै आएको छ ।