चितवनः मुग्लिन–तामिन ग्रामीण कृषि सडकमा बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । ना २च ८४०१ नम्बरको बोलेरो आफै अनियन्त्रित भई पल्टन जाँदा जीपमा सवार उनीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरिका अनुसार घाइते हुने सबै ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । उनीहरुको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईते मध्ये ५ जनाको अबस्था मध्यम र ४ जनाको अबस्था सामान्य रहेको छ । वोलेरो चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !