चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ९ मा पिच निर्माण गर्दा व्यापक अनियमितता भएको भेटिएको छ । सो वडाको बिशाल टोल स्थित प्रगतिपथमा पिच निर्माण गर्दा अनियमितता भएको भेटिएको हो ।
वडाध्यक्ष यामलाल कण्डेल र उपभोक्ता समितिका अध्यक्ष प्रजापति रिजालले सल्लाह र परामर्श विननै बलमिच्याई पुर्वक शनिवार राती सो बाटो पिच गराएको थिए । सो सडकका एक जना उपभोक्ताले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो,“पुरै गुणस्तरहिन बाटो निर्माण गरिएको छ , ओभरल्याप गरेर काम भएको छ । त्यसमा अनियमितता भएको छ भन्ने कुरा बाटो हेर्दा नै पुरै थाहा हुन्छ ।” उहाँले कुनै प्राविधिक सल्लाह र परामर्श विना वडाध्यक्ष र उपभोक्ता समितिका अध्यक्षले बाटो निर्माण गरेको बताउनुभयो ।
रातारात पिच गरेर सकेपछि भोलिपल्ट बिहान स्थानीय उपभोक्ताहरुले त्यस कार्यको बिरोध जनाएका छन् । भोलिपल्टै अघिल्लो रात गरिएको पिच पुरै भत्किएको र उप्किएको थियो । स्थानीयले बिरोध गरेको, त्याहाँ अनियमितता भएको भन्दै असहमती जनाएको लगायतका भिडियो सामाजकि संजाल मार्फत बाहिरीएको छ । सो भिडियोमा वडाध्यक्ष यामलाल कण्डेल समेत देखिन्छन् । उनले सो क्रममा बाटो निर्माण गर्दा गल्ती भएको स्विकार गरेका छन् । भिडियोमा सुनिन्छ ,“गल्ती भयो , अब विवादलाई बढाउन भन्दा कसरी मिलाएर जाने त्यसमा छलफल गरौं ।” त्यहा स्थानीय उपभोक्ताले कुनैपनि हालतमा यस प्रकारको अनियमितता सहन नसकिने भन्दै बिरोध गरेका छन् । उनिहरुले वडाध्यक्ष कण्डेल र उपभोक्ता समितिका अध्यक्ष रिजालले यसको जवाफ दिनुपर्ने बताएका छन् ।