चितवनः सौराहाका पर्यटन व्यवसायीहरुले निकुञ्जको पश्चिमी क्षेत्रबाट पूर्बी क्षेत्रमा गैंडा स्थानान्तरणका लागि माग गरेका छन् । उनीहरुले पूर्बी क्षेत्रमा पोथि गैंडाको अभाव भएको भन्दै २० वटा पोथी गैंडा स्थानान्तरणका लागि निकुञ्ज संग माग गरेका हुन् ।
गैंडाको अभावका कारण यस क्षेत्रमा पहिलेको तुलनामा गैंडा कम संख्यामा देखिने गरेको व्यवसायीहरुले वताएका छन् । पर्यटकीय क्षेत्रमा गैंडाको अभाव हुनुले यसक्षेत्रकको बिकासका लागि चुनौती थपिएको भन्दै व्यवसायीहरुले गैंडा स्थानान्तरणका लागि माग गरेका हुन । दुई वर्ष अघि आएको वाढीका कारण पूर्बी क्षेत्रमा रहेका गैंडा वगाएर पश्चिम क्षेत्र पु¥याएको थियो । गैंडा वाढीले वगाए संगै पूर्बी क्षेत्रमा गैंडाको संख्या कम भएको क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष राममणी खनालले वताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीले आन्तरिक रुपमा गैंडा स्थानान्तरणका लागि बिभागसंग अनुमती लिएर गर्न सकीने बताउनुभयो । बाढीका कारण पूर्बी क्षेत्रमा जंगली जनावरको कमी भएको भन्दै उहाँले यसका लागि बिभागसंग कुरा भई रहेको जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ठ पर्यटकीय गन्तव्य हो ।यहाँ आउने धेरै पर्यटक सौराहा बस्ने गर्दछन् । उनीहरु निकुञ्जको पूर्बी क्षेत्रमा घुम्ने गर्दछन् । ती क्षेत्रमा गैंडाको संख्या कम भए संगै व्यवसायीले गैंडा सार्न माग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !