काठमाडौंः सरकारले सोमबार जारी भएका दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पार्टीभित्रैबाट विवाद भएपछि सरकार अध्यादेशबाट पछि भएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्पतिले जुनसुकै बखत अध्यादेश खारेज गर्न सक्ने संवैधानिक प्रावधान छ । नेकपाका शीर्ष नेताहरूले बिहीबारै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अध्यादेश फिर्ता लिन सुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस !