चितवनः चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वेला–वेलामा उपद्रो मच्चाउने ध्रुर्बे हात्तीको दाह्रा काटिएको छ । पूर्बी चितवनको खोरसोर क्षेत्रमा यस हात्तीको घाँटीमा रेडियोकलर जडान गरि मात (उत्तेजना) घटाउने औषधि समेत दिईएको छ ।
निकुञ्जका बरिष्ठ पशु चिकित्सक डा. बिजय श्रेष्ठका अनुसार ध्रुर्वेलाई बिहिबार साँझ लठ्याएर दाह्रा काटिएको, घाँटीमा रेडियोकलर जडान गरिएको र परसिनाजिन नामक मात घटाउने औषधि दिईएको छ । यस संगै हात्तीको आक्रमण गर्न नसक्ने अनुमान गरिएको छ । श्रेष्ठका अनुसार हात्ती कहाँ पुग्यो निकुञ्जमानै बसेर अनुगमन समेत गर्न सकीने छ ।
औषधिले करिब तीन महिना सम्म हात्तीको मात घटाउने उहाँले जानकारी दिनुभयो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार हात्तीले सौराहाको खोरसोरमा रहेका हात्तीसारका तीन जना कर्मचारीलाई आक्रमणको प्रयास गरेको थियो । पछिल्लो समय वढि मात्दै गएर खोरसोरको हात्तीलाई समेत आक्रमण गर्न थालेपछि नियन्त्रणमा लिएर दाह्रा काटिएको हो ।
उहाँका अनुसार ध्रुर्वेको आनिवानि रेडियोकलर मार्फत ट््र्याप गर्न थालिएको छ ।
ध्रुर्वेले बि. सं. २०६९ मा आक्रमण गरि १० जनालाई मारेको थियो । त्यस अघि वि.सं.२०६८ मा १ जना, बि. सं. २०६७ मा ३ जना र वि.सं. २०६६ मा १ जनालाई मारेको थियो । त्यतिवेला हात्तीले मान्छे मार्ने क्रम बढेपछि हात्तीलाईनै मार्न चौतर्फि दवाव परेको भए पनि मारिएको भने थिएन ।
हात्तीको आक्रमण नरोकीए पछि निकुञ्जले वि. सं. २०६९ साल पुस २ गते हात्ती मार्न टोलि परिचालन गरेको भए पनि एकाएक सो हात्ती बेपत्ता भएर बचेको निकुञ्जका अधिकारीहरु बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आतंक मच्चाउने अर्को जंगली हात्ती रोनाल्डोको दाह्रा काटिए पछि आज भोलि हात्ती प्रजनन् केन्द्र क्षेत्रमा ध्रुर्बेको दवदवा वढेको छ ।
बरिष्ठ पशु चिकित्सक श्रेष्ठका अनुसार ध्रुर्बे आक्रमक भए पनि रोनाल्डो कम आक्रमक छ । ध्रुर्बे सानो छ भने रोनाल्डो ठूलो छ । गत ६ महिना अघि आतंक मच्चाएको रोनाल्डोको दाह्रा काटेर घाँटीमा रेडियोकलर जडान गरिएको थियो । सो रेडियोकलर फालेपछि दुई महिना अघि डार्ट गरेर पुन रेडियोकलर जडान गरिएको छ ।
निकुञ्जको पूर्बतीर स्थानीयको भाला रोपिएको अबस्थामा रोनाल्डोलाई नियन्त्रणमा लिएर शरिरको भाला पनि झिकिएको थियो । सौराहाको खोरसोर क्षेत्रमा रहेको हात्ती प्रजनन् केन्द्रमा मातेका भाले हात्ती आउँने गर्दछन् । तीनै भाले हात्तीले त्यहाँका हात्ती प्रजनन् हुदैं आएको छ । यी दुइृ भाले हात्तीले चितवन र पर्सा राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेमा बेलबेलमा आतंक मच्चाउने गर्दछन् ।