चितवन: विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले विभिन्न ११ वटा निर्णयहरु गर्दै लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
भट्टराईका जिल्ला विपद् व्यवस्थापन समितिले कोभिड १९ को रोकथाम नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार हाल संचालनमा रहको आवागमन नियन्त्रण (यिअप मयधल) थप प्रभावकारिताका वनाउने निर्णय गरेको छ । जसका लागि लुकिछिपी यात्रा गरेर जिल्ला प्रवेश गर्ने व्यक्तिहरु उपर निगरानी गर्ने, चर्च मस्जिद गुम्बा तथा मन्दिरमा हुन सक्ने जमघट, तरकारी बजारहरु, नारायणी नदी तथा राप्ती नदीमा पौडिखेल्न सकिने स्थानहरु, इटाभट्टा र ठुला उद्योगहरु, भित्रि वस्तीका चियापसलमा मानिसहरुको जमघट हुन सक्ने भएकोले त्यस्ता स्थानहरुमा स्थानीय बासिन्दाहरु समेतबाट थप निगरानी बढाउने भएको छ ।
इट्टा उद्योग, विकास निर्माण आयोजनाहरु तथा अत्यावश्यक उपभोगका खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुले कोभिड १९ नियन्त्रण तथा रोकथाम सम्बन्धी मापदन्डको पूर्ण पालना गरे नगरेको नियमित अनुगमन गर्ने र मापदन्ड पालना नगरेको पाइएमा तत्काल पालना गर्न वा बन्द गर्न लगाउने, नेपाल सरकारले एक स्थानीय तहबाट स्थानीय तहमा समेत आवागमन नियन्त्रण गर्ने निर्णय गरेको सन्दर्भमा हरेक स्थानीय तहले स्वंसेवकहरु खटाई प्रहरीसंगको सहकार्यमा आफ्नो स्थानीय तहमा प्रवेश गर्ने नाकाहरुमा निगरानी गर्ने र अन्यत्रबाट आउने मानिसहरुलाई संभव भए सम्म फर्काउने तथा प्रवेश गर्नुपर्ने भए क्वारेन्टाइनमा बस्नेगरी आवश्यक व्यवस्था मिलाउने । मालबाहक सवारी साधनहरुलाई अवरोध नगर्ने तर आफ्नो स्थानीय तहको क्षेत्र भित्र माल समान लोड अनलोड गर्ने भए स्वास्थ्य सम्बन्धी सतर्कता अपनाउने निर्णय समेत गरेको छ ।
जिल्लाभर होम क्वारेन्टाइनमा रहेका ६२१ जना रहेका र त्यसमध्ये क्वारेन्टाइमा बसेको अवधि १७ दिन पूरा गरेका मानिसहरुको संख्या ४७६ जना रहेका छन् । क्वारेन्टाइन अवधि पूरा गरेका मानिसहरुलाई स्वास्थ अवस्था जाँच गर्ने र स्वास्थ्य अवस्था सामान्य रहेका मानिसहरुलाई क्वारेन्टाइनबाट मुक्त गर्ने गरी स्वास्थ्यकर्मी सहित जनप्रतिनिधि र सुरक्षाकर्मी परिचालन कार्यलाई थप प्रभावकारी बनाउने, होम क्वारेन्टाइनमा बसेका मानिसहरुले क्वारेनटाइनमा बस्दा पालना गर्नेपर्ने नियमहरु पालना गरे नगरेको बारे हाल स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिहरुबाट अनुगमन भइरहेकोमा सो कार्यलाई थप प्रभावकारी बनाउने भएको छ ।
चितवनमा कोभिड १९ को परीक्षणका लागि ल्याब स्थापना भएकोमा सो ल्याब स्थापनामा सहयोग गर्ने स्वास्थ्य मन्त्रालयको र सो मन्त्रालयबाट खटिएका विज्ञहरु, भरतपुर महानगरपालिका तथा सो कार्यमा सहयोग गर्ने सबै प्रति धन्यवाद व्यक्त गर्दै हाल भरतपुर अस्पतालले संचालन गरिरहेको सो ल्याबको प्रभावकारी रुपमा संचालनका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग गर्ने, जिल्लामा संचालनमा रहेका एम्बुलेन्सहरु तयारी अवस्थामा रहन लगाउने । सबै स्थानीय तह र वडा कार्यालयहरुबाट आफ्नो क्षेत्रका लागि संचालनको अनुमति पाएका एम्बुलेन्सहरु तयारी अवस्था (चालु अवस्थामा) रहे नरहेको अनुगमन गर्न र तोकिएको स्थानमा नरहेको वा बिग्रेको अवस्थामा थन्किएर बसेको पाइएमा तत्काल चालु अवस्थामा राख्न लगाउने । एम्बुलेन्स संचालन गर्ने संस्थाहरुलाई आफ्ना एम्बुलेन्सहरुलाई कोभिड १९ मैत्री एम्बुलेन्स (ऋयखष्म ज्ञढ ाचष्भलमथि बmदगबिलअभ) मा परिणत गर्न प्रोत्साहन गर्ने निर्णय भएको भट्टराईले जानकारी दिनुभयो ।
राहतलाई वास्तविक प्रभावितले मात्र पाउने गरी थप व्यवस्थित बनाउने । राहत सम्बन्धित स्थानीय तह÷वडा कार्यालय मार्फत मात्र बितरण गर्ने । राहत वितरण गर्दा भिडभाड हुन नदिने गरी व्यवस्था मिलाउने, सकभर टोल टोलमा पुर्याई वितरण गर्ने बैठकले निर्णय गरेको छ ।
शंकास्पद व्यक्तिहरुको नमूना (क्धबद) संकलन गरी पठाउन प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडिया आबश्यकता अनुसार उपलव्ध गराइदिन स्वास्थ्य मन्त्रालय (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा) अनुरोध गर्ने, जिल्लामा तरकारी र फलफूल बोकेका विदेशी नम्बर प्लेट भएका सवारी साधनहरु रातको समयमा आउने र आफूखुशि मालसमान उतार्ने कार्य गरी फर्कने गरेको र त्यसरी सामान उतार्दा अपानाउनुपर्ने सावधानी पनि नअपनाएको भनि तरकारी बजार व्यवस्थापन समितिबाट समेत गुनासो आउने गरेकोले यस जिल्ला भएर अन्य जिल्ला जाने त्यस्ता सवारी साधन निर्बाध रुपमा चल्न दिई यस जिल्लामा त्यस्ता सामानहरु उतार्न नदिने गरी आवश्यक प्रबन्ध मिलाउने, जनस्वास्थ्यमा पर्न सक्ने प्रभावलाई मध्य नजर गरी सम्बन्धित बजार व्यवस्थापन समितिले बन्द गर्न चाहेका तरकारी बजार (सब्जी मन्डिहरु) बन्द गर्न दिने र थोक विक्रेताले सिधै स्थानीय स्तरसम्म सवारी साधन पुर्याई खुद्रा विक्रेता वा उपभोक्ता सम्म पुर्याउने गरी आवश्यक व्यवस्था गर्न लगाउने निर्णय बिपत व्यवस्थापन समिति चितवनले गरेको छ ।

प्रतिक्रिया दिनुहोस !