चितवनः मध्याहान्नको करिब २ वजेको थियो । बाक्लो सुरक्षा कर्मीहरुका साथ करिब १२ वटा सवारी भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित काभ्रेघाट तर्फ हानीदैं थिए । बिचमा हुनुहुन्थ्यो उपराष्ट्रपति नन्दकिशोर पुन ।
उहाँकोले नारायणी नदीमा संञ्चालनको तयारीमा रहेको क्रुज (सानो पानी जहाज)मा आज परिक्षण शयर गर्नुभएको छ । क्रुजको निरिक्षण पछि नारायणी नदीमा केही समय उपराष्ट्रपति पुन सहितको टोलिलाई क्रुजमा यात्रा गराईएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित काभ्रेघाटमा नदी किनारमा क्रुज निर्माण कार्य अन्तिम चरणमा पुर्याईएको छ । औपचारीक शुभारम्भ अघिनै उपराष्ट्रपति पुनलाई परिक्षण शयर गराईएको हो । सो अवसरमा पनकी धर्मपत्नी हस्तमायाँ पुन सहित उपराष्ट्रपतिको सचिबालयका समुह क्रुजमा शयर गरेको थियो ।
क्रुजको निरिक्षण र शयर पछि उपराष्ट्रपति पुनले खुशि व्यक्त गर्दै राम्रो भएको प्रतिकृया दिनुभयो । पत्रकारहरुको प्रश्नमा उहाँले भन्नुभयो “राम्रो छ । राम्रो भईरहेको छ । अन्य कुरा पछि भनौला ।” उपराष्ट्रपति पुनलाई क्रुज निर्माण गरिरहेको राइृनो वाटर ईन्टरटेन्टमेन्ट प्रालीका प्रवन्ध निर्देशक रामचन्द्र कंडेलले क्रुजका बारेमा जानकारी गराउनु भएको थियो ।
क्रुज निर्माणको समय देखि हाल सम्म भएका गतिबिधि र भाबि कार्यक्रमहरुका बारेमा उहाँले उपराष्ट्रपति पुनलाई अवगत गराउनु भएको थियो । कंडेलका अनुसार क्रुज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बैशाख महिना भित्रमा क्रुजलाई नियमीत संञ्चालनमा ल्याउने तयारी गरिएको छ । क्रुजको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीबाट गराउनका लागि समय मागिएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले क्रुजको उद्घाटनको लागि समय उपलव्ध गराउने आश्वासन दिनु भएको भए पनि समय तय भईनसकेको कंडेलले जानकारी दिनुभयो ।
क्रुजको भुईतल्लामा ९० जना, पहिलो तल्लामा १ सय जना वस्न मिल्ने सिट रहने छन् । कंडेलका अनुसार पहिलो तल्लाको अगाडी पट्टि र दोस्रो तल्लाको खुल्ला ठाउँमा १५ जना उभिन मिल्ने छ भने पहिलो तल्लामा १० वटा विशिष्ट व्यक्तिका लागि कुर्चि राखिने छ । क्रुज १ सय फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपरान्ह खाना नै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनु भयो ।
प्रत्येक क्रुजिङ्ग करिब ३ घण्टाको हुनेछ । काभ्रेघाटदेखि सुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलो मिटरको दुरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भईसकेको छ ।
क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको कँडेलले बताउनुभयो । क्रुजसिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई बिदेशी हुनेछन् । दिर्घकालिन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नको लागि आवश्यक तालिम केन्द्र सञ्चालन गर्ने कँडेलले बताउनु भयो ।
क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीहरुको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन पश्चात नर्वेजियन प्रबिधिको प्रयोगबाट भारतीय प्राबिधिकहरुको सहयोगमा नारायणी नदी किनारमै निर्माण गरिएको हो । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलले गरिरहेको छ । क्रुजमा दुई वटा इञ्जिन रहेका छन् । क्रुजको गति प्रति घण्टा ३५ किलो मिटर हुने छ ।
क्रुज निर्माण गतवर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ ।