
चितवनः नयाँ कार्यक्रम दिन नसक्दा पर्यटकीय नगरी सौराहामा पर्यटकको संख्या घट्दै गए पछि व्यवसायीमा चिन्ता सुरु भएको छ । जंगल सफारीका लागि यहाँ आउने पर्यटकले सधै एउटै पन पाउने हुँदा दोहोर्याएर आउन छाडेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक वनमाहुने एउटै गतिबिधि मात्रह्ुने भए पछि पर्यटक को संख्या बिगतका वर्षको जति पनि हुन नसकेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारिकरण र प्रचार प्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराई नयाँ कार्यक्रमहरु दिन नसक्दा पर्यटक घट्दै गएको बताउनु हुन्छ । उहाँले भन्नुभयाृ “वषौं देखि एउटै गतिबिधि मात्र भएकाले पर्यटकको संख्या बढ्न सकेन ।” निकुञ्ज भित्र हरेक दिन प्रबेश शुल्क लाग्ने, हात्ती प्रबेश गराउन नपाईने, नयाँ गतिबिधिहरु गर्न नसकीने हुँदा समस्या उत्पन्न भएको उहाँको भनाई छ ।
सौराहा आउने पर्यटकले निकुञ्जलाई शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायीक वनमात्र घुम्नु पर्ने वाध्यता छ । यहाँ आउने पर्यटकले जंगलमा जिप सफारी, जंगलमा पैदल यात्रा, डुङ्गा सयर, हात्ती र गोही प्रजनन् केन्द्रको अबलोकन, थारु संग्राहलय , थारु संस्कृति अबलोकनमा रमाउँदै आएका छन् । पहिलो पटक आउने पर्यटकलाई यी गतिबिधि आँफैमा रमाईलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रमहरु खोज्ने भए पनि दिन नसकीएको भट्टराईको भनाई छ ।
वर्षेनी निकुञ्ज प्रबेशको राजस्व वढ्दै जाँदा पर्यटकको खर्च पनि वढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहोर्याएर पर्यटक आउने क्रम घटेको छ । भट्टराई निकुञ्ज बाहिर रात्रीकालिन जीप सफारी, धार्मीक पर्यटकीय स्थलहरुको भ्रमण गराउने जस्ता नयाँ कार्यक्रम गर्न लागेको बताउनुहुन्छ ।
क्षेत्रीय होटल संघका बरिष्ठ उपाध्यक्ष राममणी खनाल होटलहरुको संख्या वढ्दै जाने तर पर्यटकको संख्या वढ्न नसके पछि व्यवसायी धरासायी वन्दै गएको गुनासो गर्नुहुन्छ । व्यापार नभए पछि बैंकको व्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अबस्थामा पुगेको उहाँको भनाई छ । नयाँ कार्यक्रमहरु दिएर प्रचार प्रसार गर्न नसकीएमा यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउनु हुन्छ ।
सौराहा क्षेत्र बाहेक अन्यत्र जहाँ तहि सामुदायीक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रबेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायीक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजस्व बुझाउनु पर्ने बाध्यताले खर्चिलो वनेको खनालको भनाई छ । सौराहा क्षेत्रमा १ सय १५ होटल रहेका छन् । जसमा रु १० अर्ब भन्दा वढि लगानी भएको अनुमान छ । यस मध्ये ६० प्रतिशत भन्दा बढी बैंकको लगानी रहेको खनाल बताउनुहुन्छ ।
क्षेत्रीय होटल संघ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आईदिए हुन्थ्यो भन्ने मात्र चाहना व्यवसायीमा हुँदा संख्या वढ्न नसकेको बताउनु हुन्छ । नयाँ कार्यक्रमहरु दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बजारीकरण एवं प्रचार प्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धरासाही हुने उहाँको चिन्ता छ । घिमिरेले भन्नुभयो “यहि हिसाबले अघि वढ्यो भने यहाँको पर्यटन व्यवसाय बिस्थापीत हुन सक्छ ।”
पर्यटकीय क्षेत्रका सडक, बिद्युत जस्ता पूर्वाधारहरुमा सरकारको मुख ताके पनि अन्य गतिबिधिहरुमा व्यवसायी आँफै अघि नवढे नहुने घिमिरे बताउनु हुन्छ । नयाँ प्याकेजहरु उत्पादन गरि बजारीकरण अहिलेको अपरिहार्यता रहेको उहाँको भनाई छ । पहिले पहिले वर्षातको समयमा होटलक कर्मचारीहरुलाई व्यापार नभए पछि बिदा दिने गरिन्थ्यो । झण्डै १० वर्ष यता बर्षातमा समेत पर्यटक आउन थालेपछि विदा दिन रोकीएकोमा पछिल्ला वर्षहरुमा वर्षातको समयमा पर्यटक निकै कम मात्र आउन थालेको व्यवसायीहरु बताउँछन् ।
क्रिसमस र नयाँ वर्ष पछि यतिवेला गत वर्षहरुमा पर्यटकको आगमन वढ्न सुरु हुन्थ्यो । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई यस वर्ष भ्रमण वर्षका अबसरमा छुटका प्याकेज दिईएको भए पनि पर्यटक आगमनमा निकै कमि रहेको बताउनु हुन्छ । अहिले दैनिक २ सय ५० हाराहारी पर्यटक सौराहा आउने गरेको उहाँले बताउनु भयो । बिगतका वर्षहरुमा यतिवेला दैनिक १ हजार हाराहारी पर्यटक आउने गरेको उहाँको भनाई छ । अहिले आएका चिनिया पर्यटक केहि सिमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक ८ वटा वस काठमाण्डौं र चार वटा वस पोखरा चल्ने गर्दछन् । ती वसमा न्यून पर्यटक मात्र हुने गरेका छन् ।