चितवनः चिसो मौषम । विहानको करिब ८ः४० वजेको थियो । भरतपुर अस्पतालमा एकातीर कर्मचारी हस्याङ्ग फस्याङ्ग गदैं दौडिराखेका थिए भने हरेक दिन विहान ९ वजेबाट सुरु हुने सरसफाई आईतबार (आज) विहान ७ वजे देखिनै सुरु भई सकेको थियो । विरामी र विरामीका आफन्तहरुलाई समेत सहज रुपमा राखिएको थियो ।
त्यसै क्रममा एक तर्फ अस्पतालका कर्मचारी र विद्यार्थी लाम वद्ध थिए । अचम्म लाग्दो । कहिल्यौ नहुने के भएछ यस अस्पतालमा भनोर । त्यसपछि हामी ओपिडि टिकट काउण्टर तिर पनि ध्यन दिन लाग्यौ । त्यता सो समयमा खासै मान्छे थिएनन् ।
त्यसको लगत्तै राष्ट्रिय झण्डा फहराउँदै एउटा गाडी अस्पताल प्रबेश गर्यो । सो गाडीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको सवारी भएको रहेछ । त्यस पछि हामीलाई थाहा भयो कि अस्पतालमा विरामी होईन की मन्त्रीको स्वागत गरिदैं रहेछ । मन्त्री ज्यूको स्वागतका लागि भरतपुर अस्पतालले संञ्चालन गरेको नर्सिङ् कार्यक्रकम अन्तर्गतका विद्यार्थीहरु समेत लाम वद्ध भएर वसेका रहेछन् ।
मन्त्रीज्यूको स्वागत संगै उहाँलाई विभिन्न स्थान देखाउने काम गरियो । सो क्रममा पहिलो चरणमा उहाँलाई ज्ञान भएन छ की सल्लाहाकारले सल्लाहा दिन भूल गरेछन् माला सहित मन्त्री ज्यू विरामी भेट्न जानुभयो । अस्पतालको वि व्लकमा रहेको भवनको मेडीकल वाडमा गएर विरामी संग भेटघाट गर्नु भयो । त्यो समयमा हामी पनि संगै थियौ । उहाँले एक वृद्ध महिला सं कुराकानी गनुभयो । उहाँले भन्नुभयो “कहाँबाट आउनुभयो , तपाईलाई ठिक छ अहिले ।” मन्त्री ज्यूको कुरा भईमा खस्न नपाउँदै उहाँको स्वास्थ्य उपचार गरि राख्नु भएका चिकित्सकले जवाफ दिनुभयो “उहाँको किट पाईएको छैन । केहिदिनमा आउँछ अनि वल्लल उपचार हुन्छ ।”
त्यस पछि उपचारमा आउनु भएकी बृद्धा आमाले भन्नुभयो “म पहाड वाट आएको ।” मन्त्री ज्यूको प्रश्न थियो कहाँबाट र कुन जिल्लाबाट आएको प्रतिउत्तरमा विरमी आमाको उत्तर थियो “लम्जुङ् बाट ।” त्यस पछि मन्त्री ढकाल अस्पतालको निरीक्षण्का क्रममा निस्कुभयो । सो क्रममा त्यहाँकसैल फोनमा कुरा गरिरहेको सुन्न सकीन्थ्यो । तिम्रो वुबा कहाँहुनुहुन्छ । मन्त्रीज्यू आउनु भएको छ ।
त्सि पछि मन्त्रीज्यूलाई सिधै सोहि स्थानमा लगियो । जहाँ विरामी भेटाउनु थियो । त्यहाँ पुग्दा मन्त्रीको अगाडी विरामीले भन्नुभयो “मेरो छोरोलाई राम्रो संग ठूलो मान्छे वनाईदेउ त्यो देख्ने मन छ ।” त्यस पछि मन्त्रीज्यूले हुन्छ भन्नदै फर्कनुभयो । विरामी र विरामीका आफन्त संगै कुरा गर्ने क्रममा खासै केहि नपाउनु भएका मन्त्रीले टिकट काउण्टर अगाडी रहेको मोटरसाईल माथि खनिनुभयो । तर उहाँलाई के थाहा थिएन भने आफ्नो आगमनका कारण कति विराीले शाश्ति पाएका छन् भन्ने कुरा । उहाँको अस्पताल निरीक्षणका क्रममा अस्पतालमा आएका विरामी देखि विरामीका आफन्त सम्म सवै अन्तरंग विभागमा चिकित्सक कुरेर वसिरहो थिए । कार्यक्रममा एक वृद्ध आमा आएर यहाँ वैठकपो चलिरहेछ । विरामीलाई के गर्ने भन्दै गर्दा ढोकामा उभिएका मन्त्री ढकालका अंगरक्षकले अहिले पछि भन्दै थिए ।
जव उहाँको स्वागत कार्यक्रममा भनाई राख्ने समय आयो त्यस पछि उहाँ नराम्रो संग त्यस मोटरसाईल राख्ने प्रबितृ संग खनिन थाल्नुभयो । सरकरी अस्पताल यस्तै हो । जे गरेपनि चल्छ । पुरानो मनस्थितीले काम गर्ने लगाएतका कुराहरु भए । त्यस लगत्तै उहाँले भरतपुर अस्पताल तर्फ आफ्नो ध्यान दिनुभयो ।

सो क्रममा उहाँले अस्पताल जस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गर्नु भयो । भरतपुर अस्पतालको निरीक्षण पछि आज यहाँ आयोजित स्वागत एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उहाँले जनतालाई प्रत्यक्ष सेवा दिने संस्थामा राजनीति गर्न नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो “म अस्पताल जस्तो क्षेत्रलाई कोहि कसैको नभनि काममा लगाउँछु । तपाईहरु पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी छ । सवै मिलेर सेवाभावले काम गरौं ।” मन्त्री ढकालले थप्नुभयो “ अस्पताल बिकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित भएको सुन्ने गरेको छु त्यो रोक्ने प्रयत्न मेरो रहने छ ।”
अस्पतालको स्तर वृद्धि र साधन स्रोतको व्यवस्थापन प्रथामिकताका आधारमा हुने उहाँको भनाई थियो । अस्पतालहरुबाट पठाईएका योजनाका विषयमा अध्ययनका लागि आँफु स्वंम हिडेको बताउँदै उहाँले ढिला भए पनि अति आवश्यक बस्तुहरुको व्यवस्थापन भने तत्काल गरिने बताउनुभयो ।
गरिव विरामीहरुले सेवा नपाउने र औषधि नपाउने समस्या समाधान आफ्नो मूख्य दायीत्व रहेको मन्त्री ढकालले बताउनुभयो । सरकार र विदेशी निकायले स्वास्थ्य क्षेत्रमा गरेको लगानी प्रशासनीक खर्चमा वढि हुने गरेको बताउँदै उहाँले यसलाई कटौती गर्ने तयारीमा आँफु रहेको सो अवसरमा जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्वास्थ्य क्षेत्रमा गरिएको लगानी प्रशासनीक खर्च र सेमिनारहरुका लागि विदेश जाने गरेको पाएको छु । यो वेतिथि रोक्ने काम गर्नेछु ।” उहाँले थप्नुभयो “विरामीले औषधि महंगोमा किन्नु परेको समेत जानकारी आएका कारण यसलाई समेत रोक्ने मेरो प्रयत्न रहने छ ।”
भरतपुर अस्पतालको आफ्नो जमिन अरुलाई वाँडी सकेको प्रसंग कोट्याउँदै उहाँले यो अस्पताल सम्पत्ती भएर सुकुम्बासी वाउ आमा जस्तो भएको बताउनुभयो । मन्त्री ढकालले अस्पतालले स्वामीत्व समेत दिएको जग्गा फर्काउन कठिन हुने भएकाले भोगचलनका लागि दिईएको जग्गाको विषयमा अध्ययन गरि फिर्ता लिने प्रकृया अघि वढाउने बताउनुभयो । आँफु कानुनको विद्यार्थी भएकाले स्वास्थ्य क्षेत्रको विषयमा वुझ्ने काम भईरहेको बताउँदै उहाँले चिकित्सा सेवालाई प्रभावकारी र सेवा मुखी वनाउन समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
सो अवसरमा प्रदेश सभा सदस्य विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडीकल सपरिटेण्डेन्ट डा. श्रीराम तिवारी, भरतपुर अस्पतालका पूर्व मेडीकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेल, डा.भोजराज अधिकारी लगाएतले अस्पतालका समस्याहरुका वारेमा जानकारी गराउनु भएको थियो । गत वर्ष मात्र भरतपुर अस्पताल केन्द्रिय अस्पतालको रुपमा विकास भएको हो । अस्पतालमा ६ सय शैया रहेको छ । चितवन सहित १९ जिल्लाका विरामी अस्पतालमा उपचारका लागि आउने गर्दछन् । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार वार्षिक ३ लाख ५० हजार भन्दा वढी विरामीले भरतपुर अस्पतालबाट सेवा लिदैं आएका छन् ।

प्रतिक्रिया दिनुहोस !