चितवनः पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव र वन्यजन्तु विचको द्धन्द्ध न्यूनिकरण गर्न विश्व रेन्जर सम्मेलन सफल हुने वताउनुभएको छ । अन्तर्राष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आज देखि सौराहामा सुरु भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले यसको जिम्मेवारी संरक्षण कर्मीहरुमा रहेको भन्दै समन्वयकारी भूमिका निर्वाह गरि काम गर्नुपर्ने औल्याउनुभयो ।
वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको वताउनुभएको हो । उहाँले जो जहाँ जुन भूमिकामा रहेर भए पनि विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनिय रहेको वताउनुभयो ।
आफ्नो ज्यानको प्रवाह नगरि संरक्षणमा जुटेको भन्दै उहाँले सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताहरुले एक आपसमा अनुभव आदानप्रदान गरि उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो ।
संरक्षण र विकास संगसंगै अघि वढाउनु आँफैमा चुनौतिपूर्ण रहेको भन्दै दाहालले विकासमा दवाव छ भन्नुभयो । वन र वन्यजन्तु संरक्षणमा नेपालले केहि क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको बताउनु भयो । दुई तिहाईको स्थायी सरकार नेपालमा रहेको सवैलाई जानकारी भएको भन्दै दाहालले अगाडी थप्नुभयो “यस समयमा पर्यटन वर्ष सन २०२० मनाउँदै छौ, तपाईहरु रमाउनुहोस र परिवार एवं साथीहरुलाई पनि निम्तो पु¥याउनुहोस ।”
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिवहादुर वस्नेतले आफ्नो जीवनलाई जोखीममा राखेर संरक्षण गर्ने रेन्जरहरु सच्चा हिरो भएको वताउनुभयो । दुर्लभ वन्यजन्तु वाघ, गैंडा जस्ता जनावरको संख्या वृद्धि गरि चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तराष्ट्रिय समुदाय सामु गरेको वाचा पुरा गरेको मन्त्री वस्नेतले जानकारी गराउनुभयो ।
शून्य चोरी शिकार नेपालको सफलता भएको भन्दै उहाँले यस कार्यमा संरक्षण कर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको वताउनुभयो । मन्त्री वस्नेतले रेन्जरहरुको काममा प्रभाव पार्ने मुद्धाहरुमा छलफल गर्नुका साथै साझेदारीका अवसरहरु सृजना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने वताउनुभयो ।
सो अवसरमा आईआरएफका अध्यक्ष सन विलमोरले एसियामा पहिलो पटक विश्व रेन्जर सम्मेलनको आयोजना गरेकोमा नेपाल प्रति आभार प्रकट गर्नुभयो । चोरी शिकार तथा संरक्षण प्रयाशमा उत्कृष्ठ सावित भईसकेको नेपाल सम्मेलनको आयोजनाका निम्ति एक स्वभाविक चयन भएको वताउनुभयो । उहाँले भन्नुभयो “यति ठूलो संख्यामा रेन्जरहरु उपस्थित भई यस महत्वपूर्ण बैठकमा भाग लिने र यस सुन्दर देशवाट प्रेरीत हुने कुराले हामी निकै हर्सित रहेका छौ ।”
कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, सहसचिव डा. महेश्वर ढकाल लगाएतले सम्मेलनको सफलताको कामना गर्नुभएको थियो ।
एसीयामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलन पाँच दिन सम्म चल्नेछ । सन १९९५ बाट सुरु भएको सम्मेलन हरेक तीन ÷तीन वर्षमा हुँदै आएको छ ।
यस अघिको आठौं सम्मेलन सन २०१६ मा अमेरीकामा भएको थियो । सम्मेलन तयारी समितिका संयोजक डा. महेश्वर ढकालका अनुसार नेपाल सहित ७२ देशका ५ सय ५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु विचको द्धन्द्ध न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारी लगाएतका विषयमा भएका उपलव्धिलाई प्रस्तुत गर्दै छ ।
त्यसै गरि प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याहरुका विषयमा आआफ्ना प्रस्तुतीकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाती अनुसन्धान, वन्यजन्तु मानव द्धन्द्ध न्यूनीकरणका विषयमा बिज्ञहरुले आ आफ्ना मुलुकका सफल उदाहारणहरु प्रस्तुत गर्ने ढकालले वताउनुभयो । वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीहरुलाई रेन्जर भनिन्छ । उनीहरुको साझ संस्था आईआरएफ हो ।
सम्मेलनमा रेन्जरहरुको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरुले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाहरुको योगदान, समुदायस्तरमा उनीहरुले पु¥याएको योगदान, आगामी दिनमा उनीहरुको सुरक्षा वारे छलफल हुने जनाईएको छ ।
पर्यटन वर्ष २०२० को संघारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विश्वमानै वन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ । यहाँका एक सिंगे गैंडा, पाटेवाघ लगाएतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटकहरु आउने गर्दछन् ।