
चितवनः नेपालीहरुको महान पर्व वडा दशैं सवैको घर घरमा हर्ष उल्लासका साथ मनाउने तयारी गरिदै छ । रोजगारी संगै अन्य कामले शहर र विदेश जानेहरु पनि आफ्नो गाउँ सम्झीएर आउने क्रम शुरु भएको छ ।
सवै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाई रहेको दशैं अहिले कारागारमा रहेका कैदी वन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोली रहेको छ । कारागार कार्यालय चितवनमा अहिले ७ सय ६२ जना कैदी तथा वन्दी रहेका छन् । उनीहरुका लागि राज्यले दशैं खर्च भनेर मात्र रु ३ सय प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३ सयले दशैंका लागि केहि पनि नहुने कैदी वन्दीहरुको गुनासो छ ।
विगत १४ वर्ष देखि गैंडा मुद्धामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले सुरु देखिनै दिने गरेको दशैं खर्चले आँफुहरुलाई एक छाक मिठो मसिनो खान पनि नपुग्ने गुनासो गर्नु भयो । उहाँले भन्नुभयो “महंगी वढेको छ । राज्यले लामो समय देखि कैदी वन्दीहरुको दशैंमा दिने खर्च वढाएको छैन । यसले के किन्नु र के खानु ।”
यस्तै गुनासो गर्नुहुन्छ विगत सात वर्ष देखि कैद सजाय भोग्दै आउनु भएका पदम वहादुर प्रजा । राज्यले अहिलेको महंगी अनुसार कैदी वन्दीको दशैं खर्च पनि वढाउनु पर्ने उनको भनाई छ । उनले भने “एक किलो कुखुराको मासुलाई रु.३ सय २० पर्छ । हामीलाई दशैं खर्च रु ३ सय आउँछ । यसले के गर्ने ।” कारागारमा रहेका सवै जना मिलेर हुनेले धेरै र नहुनेले थोरै रकम जम्मा गरि दशैं मनाउँदै आएको उनको गुनासो छ ।
विगत ८ वर्ष देखि कैद जीवन विताउँदै आएका अमृत गुरुङ्लाई दशैं कसरी के गरेर मनाउने भन्ने पिरलो छ । मुख्य नाईकेको जिम्मामा काम गर्दै आएका गुरुङ् भित्र रहेका सवैलाई खुशी वनाउने भन्दै दैडधुपमानै देखिन्थे । राज्यले व्यवस्था गरेको रकमले टिका थाप्न आउनेहरुलाई टेन्ट राख्ने र टिकाका सामाग्री जुटाउनमानै खर्च हुने उनको भनाई छ ।
अहिले कारागार प्रशासन, कारागार सुरक्षार्थ खटिएका सुरक्षा कर्मी र कैदी वन्दीको आन्तरिक व्यवस्थापनले कैदी वन्दीलाई रमाईलो गरि दशैं मनाउन सहयोग गरिरहेका छन् ।
दशैंका लागि आवश्यक खाद्यवस्तुको वन्दोवस्त भईसकेको गुरुङ्ले जानकारी दिए । कार्यालयमा फुलपाती देखि दशैं लाग्ने गर्दछ । फुलतापतीको दिन सवै मिलेर रमाईलोका साथ फुलपाती भित्र्याउने र राँगा काट्ने गरिन्छ भने अष्टमीमा खसी र कुखुरा काट्ने गरिन्छ ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले राज्यले दिएको सिदा वाहेकको दशैं खर्चले कैदीहलाई केहि मात्रामा राहत भएको भए पनि पूर्ण भने नभएको वताउनु भयो । उनीहरु वाटै रकम संकलन गरेर आन्तरिक रुपमा व्यवस्थापन गरि दशैंमा कैदी तथा वन्दीहरुको दशैं भने राम्रो हुने उहाँको भनाई छ ।
२ सय ५५ जना पुरुष र २५ जना महिला कैदी वन्दीको क्षमता रहेको भरतपुर कारागारमा ७ सय ६२ जना कैदी वन्दी छन् । ती मध्ये ६८ जना महिला र ६९१ पुरुष कैदी वन्दी हुन् । कारागारमा आमासंगै ३ नाबालक रहेका छन् । सवैको भनाई कारागारमा वस्दै गर्दा राज्यले दशैं मान्न खर्च दिनेनै हो भने कम्तीमा दशैंका दिनहरुमा दुई छाक खान पुग्ने गरि दिनु पर्ने रहेको छ ।