चितवनः जिल्लामा विभिन्न रोगको उपचार हुने गरेको र सेवा राम्रो पाउने भए पछि अन्यत्रवाट पनि उपचारका लागि आउने क्रम वढ्दो मात्रामा रहेको छ । जिल्ला विशेष गरि प्रसुती रोगको उपचारका लागि महत्वपूर्ण मानीनुका साथै क्यान्सरको उपचार समेत हुँदै आएको छ ।
उपचार केन्द्रको रुपमा विकास हुँदै आएको चितवनको विकास संगै पछिल्लो समय डेङ्गुको रोगको उपचारका लागि पनि केन्द्र वन्दै गएको छ । पछिल्लो समय डेङ्गुको संक्रमण वढ्दै गए पछि जिल्लामा आएर उपचार गराउनेको संख्या पनि वढ्दो मात्रामा रहेको छ ।
जिल्लाका अस्पतालहरुमा चितवन सहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु संक्रमितको उपचार भईरहेको छ । स्वास्थ्य कार्यालय चितवनले संकलन गरेको तथ्याङ्कमा केही विरामीको जिल्ला स्पष्ट नभएको पाईएको छ ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार कम्तिमा १८ जिल्लाका डेङ्गुका विरामीको यहाँ उपचार भएको छ । उहाँका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ्, पर्शा, तनहुँ र गोर्खाका विरामी वढि रहेका छन् । यसैगरि नवलपरासी, लम्जुङ्, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, वारा, रुपन्देही, सर्लाही, कञ्चनपुर, प्यूठानका विरामीहरुको उपचार जिल्लाका अस्पतालहरुमा भईरहेको छ ।
केसीका अनुसार आईतवार साँझ सम्म जिल्लाका स्वास्थ्य चौकी देखि अस्पताल सम्म गरि ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परिक्षण गरिएको छ । जस मध्ये ३ हजार १ सय ३८ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । ती विरामीहरुमा सवैभन्दा वढि चितवनका रहेका छन् । चितवनको संख्या २ हजार ३ सय ९० रहेको छ । यस्तै नवलपुरको ३ सय २२ र मकवानपुरका ६१ जना रहेको उहाँले वताउनु भयो । यी वाहेक अन्य जिल्लाका ३ सय ६५ जना रहेका छन् ।
यो संख्या साउन यताको हो । परिक्षण गरेर संक्रमण देखिएका ३ सय ६५ मध्ये २ सय ५० जनाको ठेगाना प्रस्ट नभएको केसीको भनाई छ । अरु थप जिल्लाका विरामीहरु पनि उपचारका लागि यहाँ आएको हुन सक्ने देखिएको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी वाहिरी जिल्ला ठेगाना भएकाहरुमा रोजगार, अध्ययन लगाएतका कारण यहाँ वस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै वाहिरी जिल्ला वाट आउने विरामी रहेको वताउनु भयो । कतिपयले यहिको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाई छ । जिल्लामा केन्द्रीय स्तरको भरतपुर अस्पताल र दुई ठूला मेडीकल कलेज संगै निजी र सरकारी साना ठूला अस्पतालहरु रहेका छन् ।