चितवनः भरतपुर विमानस्थल विस्तारका लागि काम तिव्र रुपमा अघि वढाईएको छ । केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई चितवनमा आएर अन्तरक्रिया गरे संगै विस्तारको कामलाई तिव्र वनाईएको हो ।
विमानस्थलको धावन मार्ग विस्तारका लागि विमानस्थल संग रहेको नेपाली सेनाको गण र घोडा प्रजनन् केन्द्र स्थानान्तरणका लागि प्रकृया सुरु गरिएको हो । जसका लागि भरतपुर महानगरपालिकाले वैकल्पिक स्थान तय गरेको छ । महानगरपालिका भित्रका चार स्थान विकल्पका रुपमा अगाडी सारिएको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार नेपाल ट्रष्टको नाममा रहेको पुरानो दरवार दियालो वंगला पहिलो प्राथमिकतामा राखिएको छ । भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीमा रहेको वंगला क्षेत्रमा ७० विगाह हाराहारी जमिन रहेको दाहालले वताउनु भयो । सो स्थानमा हाल सेनाको गुल्म रहेको छ ।
सेनाको गण राख्दा त्यहाँको ऐतिहाँसीक महत्वका संरचना सुरक्षित हुने ठानिएको छ । दाहालका अनुसार दोस्रो विकल्पका रुपमा आँपटारीको जंगल क्षेत्र, तेस्रो बिकल्पका रुपमा ठिमुराको सार्वजनिक जग्गा र चौथो विकल्पमा भतेरीको वन क्षेत्र अगाडी सारिएको छ । ती जमिनको रंगिन नक्सा सहित आवश्यक सम्पूर्ण कागज पत्रहरु संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईलाई वुझाईएको दाहालले वताउनु भयो । यस संगै विमानस्थल संग सम्वन्धित हाल सम्म भएका वैठक, छलफल, पत्राचार लगाएतका कागज पत्रहरु समेत संगै वुझाईएको छ ।
दाहालले नेपाली सेनाले जुन जमिन उपयुक्त ठान्दछ सोहि जमिन हस्तान्तरणका लागि आवश्यक व्यवस्थापन गर्न सकीने वताउनु भयो । केहिदिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र मन्त्री भट्टराईको उपस्थितमा यहाँ भएको छलफलमा महानगरले जग्गाको टुङ्गो लगाउने, मन्त्रालयले प्राविधिक समिति गठन गर्ने र अध्यक्ष दाहालले रक्षा मन्त्रालय र पर्यटन मन्त्रालयका मन्त्री र उच्च अधिकारीहरुलाई डाकेर वैठक गरी निर्णय गर्न सहयोग पुर्याउने सहमति भएको थियो । सोहि छलफलका आधारमा महानगरपालिकाले सेनालाई दिईने जग्गाको तय गरेर मन्त्रालय पठाएको हो ।
हाल विमानस्थलको धावन मार्ग छोटो हुँदा उच्च जोखिममा साना जहाज मात्र उडान र अवतरण हुँदै आएको छ । विमानस्थल संगै नेपाली सेनाको घोडा प्रजनन् केन्द्र र कालिवहादुर गण रहेको छ । दुवैले गरेर ७२ विगाह जमिन चर्चेका छन् । त्यहाँवाट गण र प्रजनन् केन्द्र स्थानान्तरण गरि विमानस्थल विस्तार गर्न लागिएको हो । विमानस्थलको धावन मार्ग वढाए संगै ७२ सिटे जहाज उडान र अवतरण गर्न सकीने छ भने रात्रीकालीन उडान संगै अन्य जिल्ला संग हवाई सम्वन्ध वढाउन सकीने भरतपुर विमानस्थल प्रमुख पवन कुमार गौतमले वताउनु भयो ।

मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई राजधानीको विमानस्थलको विकल्पका रुपमा विकास गरि देशका अन्य विमानस्थलहरु संग हवाई सम्वन्ध विकास गर्ने वताउँदै आउनु भएको छ । हाल भरतपुरवाट काठमाडौं र पोखरा उडान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !