चितवनः जिल्लामा अघिल्ला वर्षको तुलनामा यस वर्ष डेंगुको संक्रमण वढ्दो मात्रामा रहेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेंगुको संक्रमण अघिल्ला वर्षको तुलनामा उच्च रहेको छ ।
काार्यलयका किट नियन्त्रक राम केसीका अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा ३ हजार २ सय ९८ जनाको डेंगु परिक्षण गरिएकोमा ७ सय ३९ जनामा संक्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । जसलाई अहिले सम्मकै उच्च संक्रमित मानिदै आईएको थियो । तर त्यस पछि चालु आर्थिक वर्षमा मात्रै जिल्लाका अस्पतालमा साउन यता ८ सय ३५ जना डेंगुका संक्रमित भेटिएका छन् । यसै क्रममा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
केसीका अनुसार २ हजार ४ सय २६ जनाको रगतको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन । यो संख्या हाल सम्मकै उच्च हो । यो संगै जिल्लामा डेंगुको महामारी फैलीएको उहाँले जानकारी दिनु भयो ।
कार्यालयले दिएको तथ्याङ्क अनुसार । आर्थिक वर्ष २०७०÷०७१ मा ३ सय ७१ जनामा डेंगुको संक्रमण देखिएको थियो । २ हजार २ सय ६१ जनाको परिक्षण गरिएकोमा सो संख्यामा डेंगु देखिएको होे । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा २ हजार ५ सय ६२ जनामा परिक्षण गर्दा ६ सय ८७ जनामा डेंगु फेला परेको थियो । सो आर्थिक वर्षमा एक जनाको मृत्यु भएको थियो ।
त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१÷०७२ मा १ सय १९ , ०७२÷०७३ मा ८५, ०६८÷०६९ मा ६८, ०७४÷०७५ मा ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९÷०७० मा ५२ जनामा डेंगु देखिएको थियो भने गत आर्थिक वर्षमा १ हजार ९ सय ५१ जनाको डेंगु परिक्षणमा ३१ जनामा देखिएको थियो ।
हरेक तीन तीन वर्षमा संक्रमण वढेको देखिन्छ । केसीका अनुसार यस वर्ष संख्या अत्याधिक वढेर गएको छ । जिल्लाका अधिकांश अस्पताल डेंगुका विरामीले भरिएका छन् । नवलपुर जिल्ला स्थाई घर भई नारायणगढ वस्ने एक वृद्ध र शुक्रनगर घर भएकी किशोरीको डेंगुका कारण मृत्यु भएको थियो ।

अझै यसको संक्रमण वढ्दो मात्रामा रहेको उहाँले वताउनु भयो । संक्रमितहरुमा चितवनका सवैभन्दा धेरै रहेका छन् । चितवनको पनि भरतपुर महानगरपालिका वडा नम्वर १,२,३,४, १०,११ र १२ वढि संक्रमित भेटिएका छन् ।
यसलाई नियन्त्रर्ण गर्नका लागि स्थानीय तह मार्फत टोलविकास समितिहरु लाई परिचालन गर्ने तयारी गरिएको छ । जसका लागि वडा काार्यलयले आफ्ना वडा भित्र रहेका टोल विकास संस्थाहरु संग समन्वय गर्ने क्रमलाई तिव्र पारेका छन् । टोल विकास संस्थाहरुलाई हप्ताको एक पटक लार्भ खोज र नष्ट गर अभियान संञ्चालन गर्न लगाईने छ ।
जिल्लाका विभिन्न अस्पतालमा परिक्षणका क्रममा संक्रमितह भेटिएका हुन । भरतपुर अस्पताल, चितवन मेडीकल कलेज, पुरानो मेडीकल कलेज, नारायणी सामुदायीक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, मौलाकालिका अस्पताल, नेशनल सिटि अस्पताल, पुस्पाञ्जली अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेंगुको परिक्षण हुँदै आएको छ ।
यी अस्पतालमा आएका ज्वरोका विरामीहरुवाट लिईएको नमुनामा ती संख्यामा डेंगुको संक्रमण देखिएको हो ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामिण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा वढि संख्यामा पाईने गरेको छ । डव्वाहरु, एयर कन्डिसन, एयर कुलर, ड्रमहरु, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फुल पार्ने गर्दछ ।
डेंगुको संक्रमणको मुख्य लक्ष्यण ज्वरो आउने रहेको भन्दै उहाँले संक्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक साता सम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरीरमा विमिरा आउने जस्ता लक्ष्यण देखा पर्ने गरेका छन् ।
यसैगरि वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजावाट रगत वग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, वेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनु भयो । डेंगु ज्वरो विरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाईवाट वच्नुनै यस रोगको वचावटको मुख्य उपाय भएको उहाँले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !