चितवनः जिल्लामा चालु आर्थिक वर्षको एक महिनामा मात्रै डेंगुको संक्रमण वढेको छ । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै जिल्लामा ५६ जनामा डेंगुकको संक्राण देखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १ सय ९१ ज्नामा गरिएको परिक्षणका क्रममा सो संख्यामा संक्रमिति भेटिएको कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिनु भयो ।
कार्यालयले आज यहाँ आयोजना गरेको डेंगुको लार्भा खोज र नष्टगर अभियानको अभिमुखिकरण कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । भेटिएका डेंगुका संक्रमितहरु मध्ये ३९ जना चितवनका रहेका छन् । ती मध्ये ३३ जना भरतपुर महानगरपालिकाको रहेका छन् ।
भरतपुर महानगरपालिका वडा नम्वर १,२ र तीन वढि मात्रामा डेंगुको जोखिम देखिएको सो अवसरमा जानकारी दिईएको थियो । महानगरको कमलनगर क्षेत्रमा अहिले पनि २०÷२५ जना विरामी मध्ये ९ जनामा डेंगुका रहेको केसीले वताउनुभयो । संक्रमण वढे संगै डेंगुको प्रकोप फैलन सक्ने देखिए पछि कार्यालयले सवैलाई सतर्क रनह समेत आग्रह गरेको छ ।
महानगरका १,३,४,७,१०,११ र १२ नम्बर वडा डेंगुको उच्च जोखिममा रहेको सो अवसरमा जानकारी दिईएको थियो । यी वडाहरुमा कवाडी पसल, ग्यारेज तथा वर्कशप र होटलको संख्या धेरै छन् । ती स्थानमा वढि मात्रामा डेंगुको जोखिम देखिएको कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनु भयो ।
महानगरमा प्रकोप फैलने सम्भावना उच्च रहेको भन्दै आगामी भदौ १ गते देखि ३ गते सम्म डेंगु गराउने लामखुट्टेको लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गर्न लागिएको छ । एक महिनाको अवधीमा चितवन त्यसमा पनि महानगरमा डेंगुका विरामीको संख्या ह्वात्तै बढेकाछन् प्रमुख तिवारीले भने ,‘ अहिले एक्सन नलिने हो भने महामारी को रुप लिन सक्छ ।’
अघिल्लो वर्षको तुलनामा यस वर्ष एक महिनाकै तत्थ्यांकमा डेंगुका विरामीको संख्या दोब्बरले बढेका छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वर्ष चितवनमा ३१ जनामा डेंगुको संक्रमण देखिएको थियो । रक्त परिक्षण गराएका १ हजार ९ सय ९१ जना मध्य सो संख्यामा डेंगु प्रमाणित भएको हो । जसमा १५ जना विरामी चितवनका थिए । आर्थिक वर्ष २०७४÷७५ मा १ हजार ४ सय ८३ जनाको रक्त परिक्षण गरिएकोमा ५९ जनामा रोग देखिएको थियो । डेंगु रोग एडिस एजेप्टाई नामको पोथी लामखुट्टेको टोकाईबाट लाग्दछ । महानगरमा खोज र नष्ट गर अभियानका लागि १ सय ६५ जना जनशक्ति परिचालन गरिने हेल्थ असिस्टेन अफिसर सुर्य तिवारीले जानकारी दिनु भयो । ६० जना महिला स्वास्थ्यस्वयमसेविका, १० जना स्वास्थ्यकर्मी र थुप्रै संख्यामा नगरप्रहरी परिचालन गरिनेछ उहाँले वताउनु भयो ।
साधारणतया भदौ देखि कार्तिक सम्म डेंगुको संक्रमण जोखिम उच्च रहन्छ । तर साउन महिनामा नै धेरै संख्यामा विरामी देखिएकाले यस वर्ष महानगरमा महामारीकै रुप लिन सक्ने संकेत देखिएको किट नियन्त्रक राम केसीले बताउनु भयो । चितवनमा सन् २०१०, २०१३ र २०१६ मा डेंगु महामारीकै रुपमा फैलिएको थियो । चितवनको जनघनत्व र अव्यवस्थित शहरीकरणका कारण यस वर्ष पनि महामारी फैलिने सम्भावना उच्च रहेको केसीले बताउनु भयो । यस वर्ष धरान, मकवानपुर, पोखरामा डेंगुको महामारी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस !