
चितवनः प्राकृतिक रुपमै साउन हरियालीको महिना हो । जताततै महिला पनि हरियैं देखिन्छन् । हरिया चुरा, पहिरनका साथै साउनमा मेहेन्दीको ‘क्रेज’ उत्तिकै छ । साउन एक गतेबाट महिलाका हातभरि मेहेन्दी सजिन्छन् । हरियो चुरा र पहिरनले महिला निकै आकर्षक देखिन्छन् । पहिले साउने संक्रान्तिका दिनमा मात्रै मेहेन्दी लगाइन्थ्यो । आजभोली साउन महिनाभरी नै मेहेन्दी लगाइन्छ । विभिन्न संघसंस्थाले त मेहेन्दी कार्यक्रम नै राखेका हुन्छन् ।
भरतपुरकी ६५ वर्षीया पूर्ण दराईले हातमा मेहेन्दी लगाउनु भयो । मेहेन्दी लगाउन नातिनी खुश्वुलाई बोलाउनु भएको थियो । ‘पहिले–पहिले पहिला आफै आफै लगाइन्थ्यो,’उहाँले भन्नुभयो, ‘नातिनीले राम्रा बुट्टा बनाउने भएकाले यसपटक बोलाएकी हु ।’
अहिले सहरबजारमा मेहेन्दी लगाउने फेसन आएको उनले सुनाइन । मेहेन्दी लगाउने चलन पुरानै भएको पूर्णले बताउनुभयो । उहाँका अनुसार असारमा हिलोमा काम गरेपछि छालाका विभिन्न संक्रमण हुन्छन् । ती रोग निको पार्नका लागि तिउरी लगाउने पुरानो प्रचलन रहेको उनले बताइन । घरमा बुहारी मनिता राना र नातीनी शीलाले पनि खुश्वुसंग मेहेन्दी लगाए । खुश्वुले दिनभरिमा २० जनाको हातमा मेहेन्दी लगाएको बताउनुभयो् । राम्रो मेहेन्दी लगाउने भएकाले छरछिमेकका युवतीले उनीसंगै मेहेन्दी लगाएको खुश्बुले बताउनुभयो । ‘ममी र दिदीलाई मेहेन्दी लगाएपछि साउनमा मेहेन्दी लगाउन सुरु गरेकी हुँ,’ उनले भनिन्, ‘राती ११ बजेसम्म मेहेन्दी लगाएँ ।’ पछिल्लो समय मोबाइल र इन्टरनेटमा आकर्षक डिजाइनका बुट्टा हेरेर सिको गर्ने चलन सुरु भएको छ । युवा पुस्ता विभिन्न डिजाइनमा मेहेन्दी लगाउन रुचाउ“छन् ।
अध्ययन शीलशीलामा यहाँ बसोबास गरिरहेकी कञ्चनपुरकी शोभा ठगुन्नाले सानैदेखि साउने सक्रान्तिमा तिउरी लगाउने गरेको बताउनु भयो । ‘पहिले आमा र फुपूहरुले तिउरी फूलको पात टिपेर पिस्दै विभिन्न मिश्रण बनाएर हातमा लाइदिनु ुहुन्थ्यो,’ उहाले भन्नसभयो, ‘अहिले बजारमा मेहन्दी कोन आउन थाल्यो, सजिलै फुर्सदमा लगाइन्छ ।’ बुढापाकामा तिउरीको पात लगाउँदा सर्पदंशबाट जोगिन्छ भन्ने बिश्वास रहेको छ । त्यसैले परिवारमा बुबा, काका दाजुभाइले पनि हातमा तिउरी लगाउने गरेको शोभाले बताउनुभयो ।
भरतपुर–१६ की ६५ वर्षीया मैंया ठकुरीले हातखुट्टाका औंलाभरी मेहेन्दी लगाएकी छन् । आफुले घरेलु मेहेन्दी लगाएको बताउनु भयो । असारभरि हिलोमा डुबेका हातखुट्टामा देखिएका समस्याको आर्युवेदिक उपचार हुने भएकाले तिउरी लगाउने चलन रहेको उहाँले बताउनु भयो । उहाका अनुसार माघे संक्रान्ति पर्व मरिन्छ कि वाँचिन्छ भनेर मनाउने गरिन्छ । साउने संक्रान्ति भने अब बाँचियो भनेर मनाउने किंवदन्ती रहेको मैंयाले सुनाइन । ‘तिउरी टिपेर नातीनीलाई सिलौटामा पिस्न लगाए,’ उनले भनिन, ‘ध्वँसो, अमिलो मिसाएर लेप बनाएर हात र खुट्टाका औंलामा लगाए ।’
पछिल्लो समय आयातित संस्कृति भनेर मेहन्दी लगाउने प्रचलनको विरोध हुन थालेको छ । मेहन्दी परम्परा आयातित नभएको मैंयाले बताइन । ‘हामीले तिउरी विस्तार गर्न सकेनौं, यसको उत्पादनमा ध्यान दिएनौं,’ उहाँले भन्न’भयो, ‘तर छिमेकी मुलुकले तिउरीजस्तै अर्को आर्युवेदिक जडिबुटी मेहन्दीको प्रयोगलाई व्यवसायिक बनायो ।’ मेहन्दी संस्कारमा आएको समयानुकूल परिवर्तनलाई आत्मसात गरी त्यसको व्यावसायिक विस्तारमा ध्यान दिनुपर्ने विचार व्यक्त गरीन् । स्वदेशमै तिउरी वा मेहन्दीका त्यस्तै सहज लेप बनाई कोन बिक्री गर्न सके यहा“पनि व्यवसायीक विस्तार गर्न सकिने उहाँले वताउनुभयो ।
तिउरीफूल एण्टी फंगसको रुपमा घाउचोट, सर्पदंश, पोलेको घाउ तथा हड्डी फुटेको, मर्केको ठाउ“मा औषधिको रुपमा उपयोगी रहेको र मेहन्दी (हिना) जीर्ण ज्वरोमा शरीरको तापक्रम कम गर्न, टाउको दुखेको, पैताला पोलेको र हिष्टेरियाजस्ता समस्याको लागि निकै उपयोगी रहेको तथ्य वैज्ञानिक तथा वनस्पतीशास्त्रीहरुले नै प्रमाणित गरेका छन् ।