चितवनः नेपाल नेत्रज्योती संघ द्धारा संञ्चालीत भरतपुर आँखा अस्पतालले आँखामा हुने समस्या समाधान संगै उपचारवाट हुने फाईदाका विषयमा गाउँगाउमा गएर शिक्षा प्रदान गर्ने भएको छ । जनचेतनाको अभावका कारण विरामीहरु अस्पताल सम्म आउन नसेको भन्दै गाउँगाउँमा पुगेर प्रशिक्षण कार्यक्रम संञ्चालन गर्न लागेको हो ।
अस्पतालले चालु आर्थिक वर्षमा २ सय जना सरकारी विद्यालयका शिक्षक, २ सय जना महिला स्वास्थ्य स्वंमसेविका, ५० जाना हेल्थपोष्ट प्रमुख, ५० जना आमा समुहका अध्यक्ष र ५० जना औषधि विक्रोताालई आँखा स्वास्थ्य सम्वन्धि एक दिने प्रशिक्षण कार्यक्रम गरिने नेपाल नेत्रज्योती संघ चितवनका अध्यक्ष कृष्णराज धरेलले जानकारी दिनु भयो ।
अस्पतालले चालु आर्थिक वर्षका लागि समेत कार्ययोजना अघि सारेको छ । चालु आर्थिक वर्षमा अस्पतालमा १ लाख ५० हजार जना विरामीको आँखा परिक्षण गर्ने लक्ष्यका साथ काम भईरहेको घिमिरेले जानकारी दिनु भयो । जस मध्ये ७ हजार ५० जनाको शल्यक्रिया गर्ने , विभिन्न जिल्लामा रहेका १ सय ५० वटा विद्यालयमा अध्ययन गर्ने ४५ हजार विद्यार्थीको आँखा परिक्षण गर्ने जनाईएको छ । यस्तै १ सय ६५ शिविरमा २७ हजार ४ सय ५० जनाको आँखा परिक्षण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनु भयो ।
यसै विच भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा २ लाख ८ हजार ८ सय ६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष १ लाख ७६ हजार ४ सय ३१ जनाको उपचार गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३२ हजार ३ सय ७५ जना वढि आँखाका विरामीहरुले सेवा लिएका हुन । भरतपुरमा रहेको अस्पताल, विभिन्न स्थानमा गरिएका आँखा शिविर र अस्पतालवाट संञ्चालीत आँखा उपचार केन्द्रहरुवाट विरामीहरुलाई सेवा दिएको अस्पतालले जनाएको छ ।
अस्पतालका सुचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालवाट १ लाख ३७ हजार ५ सय २५ जना, उपचार केन्द्रवाट ४२ हजार २ सय ८९ जना र आँखा शिविरवाट २८ हजार ९ सय ९२ जनालाई सेवा दिईएको हो । जस मध्ये चार हजार २ सय ९ जनाको शल्यक्रिया गरिएको छ ।
अस्पतालमा आएका विरामीहरु मध्ये ४ हजार दुई सय ९ जना र शिविरमा आएका ३ हजार २ सय ४ जनाको आँखा शल्यक्रिया गरिएको हो । अस्पतालले चितवन, नवलपुर, पर्सा, धादिङ्, वारा, गोर्खा, रामेछाप, लम्जुङ्, रसुवा, वर्दिया, तनहुँ लगाएतका जिल्लामा निशुल्क आँखा शिविर संञ्चालन गरेको थियो । १ सय ४७ वटा शिविर संञ्चालन गरिएको घिमिरेले जानकारी दिनु भयो । जस मध्ये २० वटा शल्यक्रिया शिविर रहेका थिए ।
घिमिरेका अनुसार अस्पतालले चितवन, नवलपुर, धादिङ्, पर्सा र तनुहँका ७५ वटा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको आँखा परिक्षण गरेको छ । सो क्रममा ३० हजार ८ सय २३ जना विद्यार्थीको आँखा परिक्षण गरिएकोमा एक हजार ५२ जनालाई निशुल्क चस्मा वितरण गरिएको थियो । अस्पतालले अघिल्लो आर्थिक वर्षमा १ लाख ७६ हजार ४ सय ३१ जनाको आँखा परिक्षण गरेको जनाएको छ ।
भरतपुर आँखा अस्पतालले चितवनको टाँडी, पर्सा, सौराहा, माडी र चनौली, पर्साको ठोरी, वाराको सिम्रनगढ, धादिङ्को सल्यानटार, नवलपुरको कावासोतीमा आँखा उपचार केन्द्र संञ्चालन गर्दै आएको छ ।
संघका सभापति धरेलले सवैतिरवाट आँखा उपचारमा सहयोग जुटे संगै धेरै विरामीको उपचार गर्न सकीएको वताउनु भयो । स्थानीय तहमा जनप्रतिनिधिहरु आए संगै आफ्ना नागरिकको आँखा परिक्षणमा ध्यान पुग्न थालेको वताउँदै उहाँले आउँदा वर्षहरुमा विरामीको संख्या अरु थपिने अनुमान गरिएको जानकारी दिनु भयो ।
उपचार गरेर निको हुन्छ भन्ने नजान्दा कतिपय विरामीहरु घरमानै रहेको भन्दै उहाँले सवैले आँखा उपचारका वारेमा वुझ्न र वुझाउन सकेमा अस्पताल सम्म आउनेको संख्या वढ्ने वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !