चितवनः पछिल्लो समयमा साईवर अपराध अनुसन्धानका लागि चुनौति वन्दै गरेको सरोकारवालाहरुले वताएका छन् । प्रहरी प्रधान कार्यालय साईवर व्यूरो भोटाहिटी काठमाडौंको आयोजना र जिल्ला प्रहरी कार्यालय चितवनको संयोजनमा आज यहाँ आयोजित महिला तथा वालवालिका विरुद्ध हुने साईवर अपराध सचेतनामूलक कार्यक्रममा सहभागिहरुले यतो वताएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले संञ्चालन गरेको क्लिन चितवन अभियानका क्रममा सो कार्यक्रम आयोजना गरिएको थियो । अहिले विभिन्न सामाजिक संञ्जालहरुवाट हुने गरेका अपराधको निशाना महिला तथा वालवालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिईएको थियो । महिला तथा वालवालिकालाई सहजै अपराधमा सामेल गर्न सकीने भएकाले अपराधिहरुले उनिहरुलाई रोज्ने गरेको व्यूरोका वरिष्ट प्रहरी उपरिक्षक नविन्द अर्यालले जानकारी दिनु भयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उहाँले व्यूरोमा १ हजार ४ सय ९८ वटा सामाजिक संञ्जाल फेसवुकवाट गरिएका अपराधका उजुरी परेको वताउनु भयो । उजुरी परेसंगै अनुसन्धानका लागि कठिनाई संगै कतिपयमा सफलता समेत मिलेको उहाँको भनाई थियो।
विशेषगरि कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई अपराधिले सामाजिक संञ्जालको प्रयोग गरि सहज रुपमा फसाउने गरेको वताउनु भयो । सामाजिक संञ्जाल मार्फत चरित्र हत्या, ठगी, वेचवेखिन, फिरौती, धम्कि, तस्करी लगाएतका अपराध हुने गरेको अर्यालले जानकारी दिनु भयो ।
अहिले नेपालमा ६३ प्रतिशत जनता ईन्टरनेटको पहुचमा रहेको र ती मध्ये ९८ प्रतिशतले मोवाईलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिईएको थियो । सामाजिक सञ्जालको सहि सदुपयोग गर्न नजान्दा अपराधिक कृयाकलाप वढ्दै गएको कार्यपत्र प्रस्तुत गर्दै अर्यालले जानकारी दिनु भयो ।यस अपराधमा पक्राउ परेमा पाँच वर्ष कैद वा एक लाख सम्म जरीवाना वा दुवै सजाय हुने कानुनि व्यवस्था रहेको छ ।
कार्यक्रममा वोल्दै प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक शेर वहादुर वस्नेतले साईवर अपराध प्रहरीका लागि चुनौतिपूर्ण वन्दै गएको वताउनु भयो । साईवर अपराध हेर्ने कार्यालय एक स्थानमा मात्रै हुँदा चुनौति थपिएको उहाँको भनाई थियो । यस्ता अपराध रोक्नका लागि जिल्ला स्तर सम्म संरचना वनाई प्रहरीको क्षमता वृद्धि गर्नु आजको आवश्यकता रहेको उहाँले वताउनु भयो ।

कार्यक्रममा सामुदायीक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले प्रविधिको सहि सदुपयोग गर्न नजान्दा समस्या वढ्दै गएको वताउनु भयो । यसका लागि आँफै सजग रहन आवश्यक रहेको उहाँको भनाई थियो । जिल्ला प्रहरी कार्यालय वाट समेत यस प्रकारका अपराधको अनुसन्धान हुन सकेमा मात्रै अपराधिको मनोवल गिर्ने उहाँको भनाई थियो ।
जिल्ला प्रहरी काार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले समाजमा रहेका अपराधि पहिचान गरेर अपराध न्यूनिकरणका लागि नागरीक र प्रहरी विच हातेमालो गर्नु जरुरी रहेको वताउनु भयो । अहिले सामाजिक संञ्जाल मार्फत हुने अपराधमा वढि मात्रामा युवा पुस्ता समावेस हुने गरेको उहाँको भनाई थियो । सामाजिक संञ्जाल मार्फत हुने अपराध न्यूनिकरणका लागि प्रहरीले हरेक विद्यालयमा प्रशिक्षण दिन आवश्यक रहे पनि तयार रहेको उहाँले वताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका भित्र रहेको विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !