
सनद अधिकारी/चितवनः चितवन राष्ट्रिय निकुञ्जले प्रजनन् केन्द्रमा हुकाएर विभिन्न नदिहरुमा छोडेको गोहि अहिले वचाउनका लागि मुस्किल पर्ने गरेको छ । ठूला नदीमा माछा मार्नेहरुका कारण नदिमा छोडीएका गोहीहरु जोगाउन मुस्किल पर्ने गरेको हो ।
हाते जाल हान्नका लागि अनुमति लिएकाहरुले तिहारी जाल थाप्ने गर्दा संकटापन्न अवस्थामा रहेको घडियाल गोही जोगाउन मुस्किल भएको हो । चितवन राष्ट्रिय निकुञ्जले एक सयको हाराहारी निकुञ्जमा आश्रीत स्थानियलाई हाते जाल प्रयोग गर्न लाईसेन्स दिएको छ । तर माछा मार्न ठूला तियारी जाल प्रयोग गर्नेहरुका कारण गोही मर्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जले गोही प्रजनन् केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष नदीमा छाड्ने गरेको छ । तर नदीमा छाडिएका गोही जोगाउन भने चुनौती थपिंदै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काले बताउनुभयो । सफा वग्ने पानी कम हु“दै गएपछि गोहीको वासस्थानको अभाव एकातर्फ छ भने माछा मार्नका लागि भलिबलको नेट भन्दा ठूला जाल प्रयोग गरिंदा गोही नै जालमा परेर मर्ने गरेकाछन् । “गोहीको वासस्थान र आहारा अभाव त थियो नै ,” उनले भने ,“ संरक्षणमा चेतना नहु“दा थप चुनौती छ ।”
आर्थिक वर्ष २०७५÷७६ मा मात्रै नारायणी र राप्ती नदीमा जालमा परेर नौ वटा घडीयाल गोही मरेका छन् । अन्य १२ वटाको उद्धार गरिएको छ । ७ वटा राप्ति र २ वटा नारायणी नदीमा माछा मार्न फालिएको जालमा परेर मरेका हुन । यस अघि आर्थिक वर्ष २०७४÷७५ मा एउटा भाले गोही मरेको थियो । नदीमा भाले गोही मासिएपछि गत वर्ष बर्दियाबाट भाले गोही ल्याएर नदीमा छाडिएको थियो । हाल दुई नदीमा तीन वटा मात्र भाले गोही छन् । भाले गोही छाडेको एक वर्षमा नै थप ९ वटा गोही मरेका हुन् । मरेका गोही मध्य एउटा वयश्क हो भने अन्य प्रजनन् केन्द्रमा हुर्काएर छाडिएका नया“ साना गोही हुन् ।
माछा मार्नका लागि फालिएका ठूला जालमा गोही बेरिएपछि खान नपाएरै गोही मर्ने गरेको खड्का बताउ“छन् । “साना गोही परेका रहेछन् भने माछा मार्नेले नै बाहिर निकालेर मार्ने गर्छन,” उहाँले भन्नुभयो “ठूला गोही पर्दा लामो समय त्यसै छाड्ने र मुखमा जाल अड्किएपछि खानै नपाइ गोही मर्छन् ।” खुट्टामा जाल बेरिएका गोही पौडी खेल्न नसकेर छिटै मर्छन । तर शरीर र मुखमा जाल बेरिएका गोही भने खान नपाए पनि केही महिना बा“चेर निकै कष्टकर रुपमा मर्छन् ।
सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । हाल प्रजनन् केन्द्रमा साना वच्चा वाहेक ४ सय ६७ वटा गोही रहेका छन् । प्रजनन् केन्द्रमा हुर्काइएका १ हजार ४ सय ६५ वटा गोही विभिन्न नदिमा छाडीएकाछन् ।