चितवनः जिल्लामा रासायनीक मलको प्रयोग वढ्दो मात्रामा रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ७ हजार ८ सय मेट्रीक टन रासायनीक मल विक्रि भएकोमा गत आर्थिक वर्षमा १२ हजार ७ सय ५३ मेट्रिकटन मल विक्रि भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ९ हजार ८ सय १८ मेट्रिकटन मल अनुदानमा विक्रि गरेको छ भने साल्क टे«डलिङ्क करकोरेसनले २ हजार ९ सय ३५ मेट्रिकटन अनुदानको मल विक्रि गरेको छ । यस्तै टे«डलिङ्कले गैर अनुदानको मल ६ सय २३ मेट्रिकटन मल विक्रि गरेको छ ।
पछिल्लो समयमा कृषकहरुले व्यवसायीक खेतिमा वढि मात्रामा रासायनीक मलको प्रयोग गर्ने गरेको कृषि सामाग्री कम्पनी लि. का प्रमुख रविन्द्र गौतमले जानकारी दिनु भयो । केरा, तरकारी, माछा लगाएतका नगदे वालिमा वढि मात्रामा रासायनीक मलको माग वढेको उहाँले वताउनु भयो ।
कृषि उत्पादनका दृष्ट्रिले महत्वपूर्ण मानिने चितवन जिल्लामा रासायनीक मलको वढ्दो प्रयोगले माटोमा अम्लियपना वढ्दै गएको छ । जिल्लाका कृर्षकहरुले अत्याधिक मात्रामा रासायनीक वलको प्रयोग गर्दा उत्पादन योग्य जमिनमा अम्लियपना वढ्दै गएको कृषि ज्ञान केन्द्र भरतपुरले जनाएको छ ।
जिल्लामा अहिले ६५ प्रतिशत माटोमा अम्लियपना रहेको रत्ननगर प्रयोगशाला र मातृभूमि कृषि सप्लार्यसले जनाएका छन् । पूर्वि चितवनको माटोमा ७० प्रतिशत र पश्चिम चितवनको माटोमा ६० प्रतिशत अम्लियपना रहेको परिक्षणमा भेटिएको हो ।
रत्ननगर प्रयोगशालाले यस आर्थिक वर्षमा गरेको ४ हजार २ सय स्थानको माटो परिक्षण र मातृभूमिले गरेको ८ हजार माटो परिक्षणमा यस्तो भेटीएको हो । माटोमा अम्लिय पना वढे संगै उत्पादनमा ह्रास आउन थालेको कृषकहरु चिन्तित वनेका छन् । रत्ननगर नगरपालिकामा रहेको गुप्तेश्वरी कृषि संस्थाका नवराज न्यौपानेले माटोमा वढेको अम्लियपनाका कारण उत्पादनमा कमि आएको वताउनु भयो । विषादी र रासायनीक मलका कारण माटो विग्रीएको उहाँको भनाई छ ।
माटोमा अम्लियपना वढे संगै विरुवाको उम्रने शक्ति र उत्पादन शक्ति घट्दै जाने भएकाले उत्पादनमा कमि आएको हो । जसका कारण माटोमा फस्फोरसको मात्रा कम हुने भएकाले उत्पादनमा कमि आउने रत्ननगर प्रयोग शालाका प्रमुख जिवन पौडेलले जानकारी दिनु भयो । माटोमा अम्लियपना ६ दशमलव ५ देखि ७ दशमलव ५ हुनु पर्नेमा जिल्लामा परिक्षण गरिएका माटोमा ५ दशमलव २ प्रतिशतमा पुगेको उहाँले जानकारी दिनु भयो ।
मातृभूमि कृषि सहकारी सप्लायर्सका प्रमुख रामचन्द्र भण्डारीले नेपालको ५५ प्रतिशतमा अम्लियपना देखिएको भए पनि जिल्लाको माटोमा ६५ प्रतिशत देखिएको वताउनु भयो । कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले जिल्लाको माटोमा देखिएको अम्लियपना घटाउनका लागि कृषि चुनको प्रयोग गर्न आबश्यक रहेको जानकारी दिनु भयो । कृषकहरुले रासायनीक मलको प्रयोग कम गर्दै प्राङ्गारीक मलको प्रयोग गर्नु आबश्यक रहेको उहाँको भनाई छ ।