चितवनः लामो समय सम्म ओरालो लागेको अण्डाको मूल्यमा क्रमिक सुधार आउन थालेको छ । अण्डाको मूल्यमा सुधार आए पनि कृषकको लागत मूल्य भने उठ्न सकेको छैन ।
एक महिना अघि प्रतिक्रेट २ सय रुपैंयामा विक्रि भएको ठूलो अण्डा अहिले २ सय ८० मा पुगेको छ । सानो अण्डाको मूल्य रु १ सय १५ वाट वढेर रु २ सय ३० पुगेको छ । तर पनि कृषकले आफ्नो लागत अनुसारको मूल्य पाउन भने सकेका छैनन् । कृषकको एउटा अण्डाका लागि करिव १० रुपैंया लागत पर्ने गर्दछ । तर अहिले वजारमा भएको मूल्यले कृषकलाई केहि राहत मिलेको भए पनि सन्तुष्टि भने मिल्न सकेको छैन ।
कुखुरामा वड्फ्लु देखिनु र कुखुरा जन्य वस्तुको उत्पादन वढ्नुले पनि निकै घाटा वेहोरेका किसानले अहिले मूल्यमा आएको सुधार संगै केहि राहतको महशुश भने गरेका हुन ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष त्रिलोचन कंडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । वढेको विक्रि मूल्य समग्रमा प्रतिगोटा ८ रुपैंया ५० पैसा पर्दछ । हालदैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुने गर्दछ । यो संख्या ५५ लाख पुगेकोमा क्रमश घट्दै आएको कंडेलको भनाई छ । अण्डाको मूल्य कम भए पछि धेरैले माउ कुखुरा विक्रि गरेका छन् । यस संगै चर्को गर्मीका कारण उत्पादनमा कमि आएको छ ।
पछिल्लो यसम कृषकले चल्ला राख्न समेत छाडेका थिए । जसका कारण अण्डा उत्पादनमा क्रमश गिरावट हुँदै जाने अनुमान गरिएको छ । संघका केन्द्रिय सचिव मदन पोख्रेलले अण्डाको माग अनुसारको आपूर्ति हुन कठिन भएकाले क्रमश मूल्य वृद्धि हुँदै जाने अनुमान गरिएको वताउनु भयो ।
तीन वर्ष अघि अण्डाको मूल्य वढेर प्रतिक्रेट रु ३ सय ६० पुगेको थियो । गत एक वर्ष यता भने खर्च नधान्ने गरि मूल्यमा गिरावट आएको कृषकको भनाई छ । पोख्रेलका अनुसार नेपालमा ७ हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । जहाँ १ लाख ५० हजार भन्दा वढिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
लेयर्स कुखुरामा मात्र रु १ अर्व भन्दा वढि लगानि भएको पोख्रेलको भनाई छ ।
दाना र बैंकको व्याज बढ्दै जाने र फुलको मूल्य घट्दै जाँदा व्यवसायी विस्थापित हुने अवस्थामा पुगेकोमा क्रमश मुल्य वृद्धि हुन सकेमा टिक्न सक्ने उहाँले बताउनु भयो । अन्यथा कृषक विस्थापित हुने पोख्रेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !