चितवनः कुनै गाउँमा वि. सं. २०६० साल अघि मौरी पालन व्यवसाय नै थिएन । जहाँ वाहिरी गाउँवाट आएका कृषकहरुले मौरी चराउथे र मह उत्पादन गरेर जान्थे । मौरी चराए वापत त्यहाँका कृषकहरुलाई सामान्य रुपमा केहि खानका लागि मात्रै मह दिने गरेका थिए ।
अहिले त्यहि गाउँका कृषकरु मौरी पालनमा लागेको सुन्दा अचम्म लाग्न सक्छ । २०६० साल यता पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्वर ११ थाकलटारका स्थानीय मौरी पालन व्यवसायमा लागेर आफ्नो जीवन स्तर उकास्न तल्लिन रहेका छन् । स्थित ग्रामीण वस्तीका जनता अहिले आफ्नै घरमा मौरी पालन गरेर बार्षिक रुमा आम्दानी लिन लागेका छन् ।
आदिवासी जनजातीको वाहुल्यता रहेको सो वस्तिमा सुरुवाती समयमा मौरी पालन गर्ने कृषक खोज्न निकै कठिन हुने गथ्यो । तर अहिले त्यस वस्तिका ५७ घर परिवार मौरीपलान व्यवसायमा लागि रहेका छन् । अहिले उनिहरुले वार्षिक ४२ टन मह उत्पादन गरि विक्रि वितरण गर्न थालेका छन् । थाकलटार मौरीपालन, तरकारी र च्याउ उत्पादन वहुउद्धेश्यीय कृषक समुहका सचिव धर्मराज लामाका अनुसार अहिले त्यस वस्तिमा एक परिवारले २० देखि ३ सय घार सम्म मौरी पालेका छन् ।
त्यहाँ चिउरीको मह उत्पादन हुने भएकाले डावर नेपाल, पतञ्जली र स्थानीय व्यवसायीहरुले उठाउने गर्दछन् । मौरी पाले संगै धेरैको जीवनस्तर उकासिएको संस्थाका अध्यक्ष खड्ग वहादुर मोक्तानले जानकारी दिनु भयो । उहाँका अनुसार ५० घार मौरी पाल्नेले वर्षमा २ देखि ३ लाख रुपैंया आम्दानी गर्ने गरेका छन् । कृषकलाई मौरी पाल्न विभिन्न संस्थाहरुले सहयोग समेत गर्दै आएका छन् । कृषकले यस वर्ष रु २ सय ५० प्रति किलोमा मह विक्रि गर्दै आएका छन् ।
मह उत्पान राम्रो हुन थाले पछि हालै मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण मौरी जोन, हरियो वन कार्यक्रम र डावर नेपालको सहयोगमा गाउँमा मह संकलन केन्द्र समेत स्थापना गरिएको छ । केन्द्र भवन निर्माण गर्न मौरी जोनले रु १० लाख, हरियो वन कार्यक्रमले रु १० लाख १२ हजार र डावर नेपालले रु २ लाख ४० हजार सहयोग गरेका छन् । किसानको मह संकलन गरेर सोहि ठाउँमा राखिने अध्यक्ष मोक्तानले जानकारी दिनु भयो ।
राप्ती नगरपालिकाका उपप्रमुख ईमानसिंह लामाले स्थानीयहरु मौरी पालनमा लागे पछि जीवनस्तरमा सुधार आएको जानकारी दिनु भयो । यसले ग्रामीण क्षेत्रवाट शहर झर्नेहरु लाई रोकेको उहाँको भनाई छ ।
स्थानीयले मौरीवाट आम्दानी गर्न थाले पछि तरकारी र पशु पालन तर्फ पनि केन्द्रीत हुन थालेका छन् । मौरीपालक संघ चितवनका अध्यक्ष रोसन पण्डीतले जिल्लामा एक वर्षमा ५ सय देखि ६ सय टन सम्म मह उत्पादन हुने वताउनु भयो । ग्रामीण वस्ति थाकलटार मौरीको पकेट क्षेत्र रहेको भन्दै उहाँले चिउरीको महका लागि सो क्षेत्र प्रख्यात रहेको जानकारी दिनु भयो ।