चितवनः विद्यालयमा शिक्षक शिक्षीका नियमीत नभए पछि भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष मानवहादुर राना मगरले बिद्युतिय हाँजीरि मेसिन जडानका लागि महानगर संग अनुरोध गरेका छन् । वडा अध्यक्ष भए पछि बिद्यालयको अनुगमन गर्न जाँदा रातोमाटेको आधारभूत बिद्यालयमा कार्यालय सहयोगिले मात्रै पढाई रहेको भेटिएको उहाँले बताउनु भयो ।
त्यसका अतिरिक्त अन्य बिद्यालयहरुमा पनि यस्तो समस्या हुने गरेको उहाँको भनाई छ । रातोमाटेको सो बिद्यालयमा चार जना शिक्षक र एक जना कार्यालय सहयोगि छन् । बिद्यालयमा ४० जना बिद्यार्थी अध्ययनरत रहेको रानाले बताउनुभयो । पहाडी क्षेत्रमा बिद्यार्थी थोरै भए पछि शिक्षक शिक्षीकाले आलोपालो गरि बिद्यालय संञ्चालन गर्ने गरेको स्थानीयको गुनासो छ ।
गुनासो वढे पछि रानाले भरतपुर महानगरपालिकामा वडा भित्रका १४ वटा बिद्यालयमा बिद्युतिय हाँजिर मेसिन राख्न वजेट माग गरेका छन् । घण्टौ लगाएर अनुगमन गर्न कठिन हुने भए पछि शिक्षक शिक्षीकालाई कडाई गर्न उहाँले यो उपाय अघि सार्नु भएको हो ।
भरतपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत बाबुराम दवाडीका अनुसार पहाडी क्षेत्रका बिद्यालयमा बिद्यार्थी कम हुने हुँदा समस्या रहेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ मा १२ वटा आधारभूत बिद्यालय, एउटा निम्नमाध्यामिक र एउटा माध्यामिक बिद्यालय रहेको छ ।
माध्यामिक बिद्यालय कविलासमा ६ सय र निम्न माध्यामिक बिद्यालय कबिलास चौकीमा १ सय जना बिद्यार्थी रहेका छन् । आधारभूत बिद्यालयमा भने २० देखि ७० जना मात्र बिद्यार्थी रहेको दवाडीले बताउनुभयो । उहाँका अनुसार वडाका सबै बिद्यालयमा गरि १ हजार २ सय बिद्यार्थी छन् । ती बिद्यार्थीलाई पढाउन ५४ जना शिक्षक शिक्षिका रहेका छन् ।
गाउँबिकास समिति बाट सोझै महानगरपालिका बनेको सो वडामा माध्यामिक तहको शिक्षा लिन तीन घण्टा सम्मको यात्रा गर्नु पर्छ । आधारभूत बिद्यालय जाने बिद्यार्थी एक घण्टा बढि हिड्छन् ।