
चितवनः गितानगरका उपेन्द्र पण्डीतको मोवाईलमा धादिङ्का प्रहरी हवल्दारले टेलिफोन गरेर उहाँको नामको मोटरसाईकल जुधेर मानिसको मृत्यु भएको खवर दिए । पण्डीतलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो ।
आँफुले चार वर्ष अघि रिकण्डीसन हाउस मार्फत बिक्रि गरेको मोटरसाईकल अर्को मोटरसाईकलमा ठक्कर खाँदा आँफैले बेचेको मोटरसाईकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाईकल धनि खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डीतको नाम फेला पर्यो । त्यस पछि प्रहरीले कसरी त्यो मोटरसाईकल त्यहाँ पुग्यो भनेर पण्डीतको खोजि गर्न थाल्यो ।
रिकण्डीसनमा बिक्रि गरेको कागजका कारण पण्डीत त वच्नुभयो । तर यस्तै तवरले सवारी साधन बिक्रि गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्धा शाखामा कार्यरत प्रहरी नायव निरिक्षक शैलेन्द्र कुमार खड्का वताउनु हुन्छ । यस्ता घटना धेरै आउने गरेको उहाँले बताउनु भयो ।
मोटरसाईकल, गाडी जस्ता सवारी साधन बिश्वासमा अरुलाई बिक्रि पछि पनि नामसारी नगरि चलाउन दिन नहुने खड्काको भनाई छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोशी आँफु हुन्छु भन्ने थाहा भई भई वेवास्ता गर्दा धेरै फस्ने गरेको उहाँले बताउनु भयो । सरकारी वकिलले सवारी धनि पुर्जामा जस्को नाम छ उहि प्रतिवादी वनाउने हुँदा धेरैले सानो कम्जोरीका कारण ठूलो क्षती वेहोर्न वाध्य भएको खड्काको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक शुशिल सिंह राठौंर सवारी साधन बिक्रि गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउनु हुन्छ । अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उहाँले यो संदेश सबै सवारी धनिलाई पुर्याउन जरुरी देखिएको जानकारी दिनु भयो ।
आफ्ना सवारी साधन बिक्रि गरेर नाम सारी नगरेकाहरु धेरै रहेका छन् । बिश्वासका आधारमा वस्दा सवारी साधन किनेकाहरुले बिमा नगर्ने, सवारी साधनको नविकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ । यसको दोशी पनि सवारी धनि हुने गरेका छन् । धेरै सवारी साधन पुराना भए पछि वढि विक्रि बितरण हुने गर्दछ । खरिद गरेकाहरुले आफ्नो नाममा नभएमा नविकरणनै नगरि संञ्चालन गरीदिदाँ सरकारी राजस्वमा स्वयम सवारी धनीको बक्यौता वसिरहने समस्या हुने गर्दछ ।