चितवनः अज विहान करिब १०ः ३० वजेको थियो । एक हुल समुह भरतपुर तर्फबाट रत्ननगर तर्फ फर्कदैं थियो । करिव ३०÷४० जनाको समुह आएर एकाएक सडक बिभागले संञ्चालन गरेको कर संकलन कार्यालयको ढाटमा तोडफोड गर्न लागे । सो समुहलाई रोक्नका लागि सोहि क्षेत्रमा रहेको प्रहरी बिटका प्रमुख कल्पना खड्काले आँफुले सकेको प्रयास गर्नुभयो ।
तर त्यो समुहले खड्काले गरेको प्रयासलाई अनर्थक वनाए । सबैलाई हटाउँदा हटाउँदै त्यस समुहका एक युवाले विटको कार्यालयमा वोटलमा ल्याएको पेट्रोल छर्किए र आगो लगाए । पेट्रोल छर्कने समयमा आँफु ढाट भित्रै रहेको आगोले जलेर चितवन मेडीकल कलेजको क्याविन नम्बर ८ सय ३६ मा उपचार रत खड्काले बताउनु भयो ।
उहाँले भन्नुभयो “योजना वद्धरुपमा गरिएको हो । मैले धेरै रोक्नका लागि प्रयत्न गरे आँखीर म भित्रै भएको समयमा पेट्रोल हाले ।” उहाँले थप्नुभयो “पेट्रोल छर्किए पछि म वाहिर निस्कन नपाउँदै आगो लगाई दिनए ।”
आँफु वाहिर निस्कन नपाउदै आगो लगाए पछि सोहि आगो सल्किएर आँफुलाई टिपेको वताउँनु भयो । आगो लागे पछि आँफु सादा पोसाकका प्रहरीको सहायतामा अस्पताल आएर उपचार गर्न लागेको उहाँले बताउनु भयो । सुरुको समयमा केहि बिबाद हुँदा हुँदै उग्ररुप लिएर पछि स्थिति विग्रिएको थियो । स्थिति विग्रिए पछि सम्झाउनु पर्ने र स्थितिलाई सामान्य वनाउनु पर्ने जनप्रतिनिधि नै आक्रोसमा आए पछि घटना क्रमले अन्तै मोड लिएको थियो । चितवन क्षेत्र नम्बर १(ख)वाट निर्वाचित प्रदेश सभा सदस्य कृष्ण खनालको अगाडी सार्वजनिक सम्पतिमा आगो लगाउने कु चेस्टा गरियो । सम्पतिमा आगो लागाउने कार्यको शिकार आखिरी देश र जनताको रक्षा गर्ने सपथ खाएका प्रहरीले भोग्नु पर्यो ।
आजको बिबाद सामान्य रुपमा देखिएको बिबाद होईन । नेपाल सरकार सडक बिभागले ठेक्का दिएको कर संकलनको कार्यमा यस अघिका ठेकेदारलाई नपरे पछि उत्पन्न स्थिति रहेको देखिन्छ । यस घि केशव नेपालको कम्पनिले कर उठाउने ठेक्का पाएको थियो । त्यो सम्झौता सकीने समयमा खोटीएको वोलपत्रमा नवलपुरका अमृत भट्टचनको कम्पिनिले ठेक्का सदर गरेको थियो ।
वैशाख ३१ गते राति १२ वजे भट्ट ठेक्काको काम सुरु गरे पछि उद्योग वाणिज्य संघ रत्ननगरले यहाँबाट ढाट हटाउनु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र वुझाएको थियो । सरकाले लगाएको ठेक्का भएकाले सम्बन्धित मन्त्रालयबाट समस्याको समाधान खोजिनु पर्नेमा निर्वाचित जनप्रतिनिधिकै अगाडी आगो लगाउने र कार्य क्षेत्रमा खटिएको प्रहरी माथि प्रहार गर्ने कामले कोहि सुरक्षित नहरको आम नागरिकले महशुश गरिरहेका छन् ।
सत्ताधारी दलका सांसदको नेतृत्वमा भएको यस्तो कार्यले सत्ताधारी दलनै शान्ति सुरक्षाको बिषयमा गम्भिर नभएको महशुश भएको प्रदेश सांसद रिना गुरुङ्ले आरोप लगाउनु भयो । ढाट यहाँबाट उठाउनु पर्ने भए पनि राजनैतिक सहमतिको बिकल्प खोज्नु पर्नेमा बल प्रयोग गर्ने गलत भएको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक दिपेन्द्र शाहले चितवन क्षेत्र नम्बर १ (ख)का प्रदेश सभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाईएको वताउनु भयो । तर खनालले भने आँफु घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताउनु भयो ।
प्रहरी प्रशासनले ठेकेदार संग आर्थिक प्रलोभनमा परि त्यहाँ ढाँट राख्न दिएको भन्दै अब तत्काल ढाट नहटाए स्थानीयले सहेर नबस्ने खनालले वताउनु भयो । उहाँले ढाटलाई सिमा क्षेत्रमा लैजानु पर्ने बताउनु भयो । आफ्नै सदरमुकाम आउँदा जाँदा समेत राजस्व तिर्नु परेपछि पूर्बी चितवन बासि मर्कामा परेको बताउनु भयो । आगोलागि बाट ढाटमा रकम संकलन गर्न कर्मचारी वस्ने गरेको काउण्टर पूर्ण रुपमा क्षती भएको शाहले बताउनु भयो ।
ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरिलाई पक्राउ गरेको छ ।