
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ । जागरण अभियान वैशाख ११ बाट शुरू भइ एक महिनासम्म चल्नेछ ।
कांग्रेसले प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले यस पटक युवा नेताहरूलाई जिम्मेवारी दिएर जिल्लामा प्रतिनिधि खटाएको हो ।
प्रतिनिधि भएर खटिनेमा केन्द्रीय सदस्य मात्रै छनैनन् । राम्रो भाषण कला रहेका नेताहरूलाई जिम्मेवारी दिएर खटाइएको हो ।
अपवादलाई छाडेर नेपाली कांग्रेसले युवा नेताहरूलाई जिम्मेवारी दिएर राम्रो काम गरेको चर्चा छ । नेता रमेश लेखकलाई चितवन खटाइएको छ । दीपक गिरीलाई नवलपुरमा पठाइएको छ । चन्द्र भण्डारीलाई कालिकोटमा खटाइएको छ । नेता कृष्णप्रसाद सिटौलालाई मोरङको जिम्मेवारी दिइएको छ ।
कांग्रेसले युवा नेता गगन थापालाई अछामको जिम्मेवारी दिएको छ । कांग्रेसका युवा नेता रामहरि खतिवडालाई भोजपुर खटाइएको छ । सीता गुरुङलाई संखुवासभामा जिम्मेवारी दिइएको छ ।
सरिता प्रसाइँलाई ताप्लेजुङ, उदय शम्शेर राणालाई खोटङ, लक्ष्मी राई सोलुखुम्बु, मीनाक्षी झालाई ओखलढुंगा, महेश आचार्यलाई सुनसरी, प्रदीप गिरीलाई उदयपुर, रसुवामा जीवन आचार्य, काठमाडौंमा बालकृष्ण खाँण, गुल्मीमा अजय चौरसिया, कञ्चनपुरमा गुरुराज घिमिरेलगायतलाई जिम्मेवारी दिएर प्रतिनिधि तोकिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार जागरण अभियानको कार्यक्रम यसअघि नै सार्वजनिक भैसकेको र प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्ति र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरिसकिएको छ ।
000
प्रेस विज्ञप्ति
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लाका प्रतिनिधिहरु निम्नानुसार खटिनु भएको जानकारी गराइन्छ । जागरण अभियानको समग्र कार्यक्रम यस अघि नै सार्वजनिक भैसकेको छ भने प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्ति र व्यवहारिक दायित्व बारे जिम्मेवारी पत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको छ ।
प्रदेश नं. १ का १४ जिल्ला
– ताप्लेजुङ सरिता प्रसाई
– पाँचथर लक्ष्मी परियार
– इलाम अमृत अर्याल
– संखुवासभा सिता गुरुङ
– तेह्रथुम हसन अन्सारी
– धनकुटा डा. नारायण खड्का
– भोजपुर रामहरि खतिवडा
– खोटाङ उदयशम्शेर राणा
– सोलुखुम्बु लक्ष्मी राई
– ओखलढुंगा मिनाक्षी झा
– उदयपुर प्रदीप गिरी
– झापा ज्ञानेन्द्रबहादुर कार्की
– मोरङ कृष्णप्रसाद सिटौला
– सुनसरी महेश आचार्य
प्रदेश नं. २ का ८ जिल्ला
– सप्तरी आनन्दप्रसाद ढुंगाना
– सिरहा महेन्द्र यादव
– धनुषा बलबहादुर के.सी.
– महोत्तरी चित्रलेखा यादव
– सर्लाही महालक्ष्मी उपाध्याय ‘डिना’
– रौतहट रमेश रिजाल
– बारा प्रकाशमान सिंह
– पर्सा फरमूल्लाह मन्सुर
प्रदेश नं. ३ का १३ जिल्ला
– दोलखा रामकृष्ण यादव
– रामेछाप किरण यादव
– सिन्धुली डा. रामशरण महत
– काभ्रेपलाञ्चोक डा. शेखर कोइराला
– सिन्धुपाल्चोक अम्बिका बस्नेत
– रसुवा जीवन परियार
– नुवाकोट मीन विश्वकर्मा
– धादिङ प्रदीप पौडेल
– चितवन रमेश लेखक
– मकवानपुर अर्जुननरसिंह के.सी.
– भक्तपुर डा. मिनेन्द्र रिजाल
– ललितपुर सुरेन्द्रराज पाण्डे
– काठमाडौं बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
– गोरखा ध्यानगोविन्द रञ्जित
– लम्जुङ कमला पन्त
– तनहुँ नवीन्द्रराज जोशी
– कास्की अर्जुनप्रसाद जोशी
– मनाङ कृष्णचन्द्र नेपाली
– मुस्ताङ बहादुरसिंह (लामा) तामाङ
– पर्वत चिनकाजी श्रेष्ठ
– स्याङजा गोविन्द भट्टराई
– म्याग्दी शुक्रराज शर्मा
– बाग्लुङ शंकर भण्डारी
– नवलपुर (बर्दघाट सुस्तापूर्व) दीपक गिरी
प्रदेश नं. ५ का १२ जिल्ला
– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) राधेचन्द्र यादव
– रुपन्देही पुष्पा भुसाल
– कपिलवस्तु हरिप्रसाद नेपाल
– पाल्पा बालकृष्ण पाण्डे
– अर्घाखाँची दीपकुमार उपाध्याय
– गुल्मी अजयकुमार चौरसिया
– रूकुम (पूर्वी भाग) रत्न शेरचन
– रोल्पा मानबहादुर विश्वकर्मा
– प्यूठान शिवराज जोशी (सुर्खेत)
– दाङ मोहनबहादुर बस्नेत
– बाँके श्यामकुमार घिमिरे
– वर्दिया डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
– रूकुम (पश्चिम भाग) राजनप्रसाद पन्त
– सल्यान पार्वता डी.सी. चौधरी
– डोल्पा कुमार खड्का
– जुम्ला रमा पौडेल
– मुगु दीनवन्धु श्रेष्ठ
– हुम्ला हृदयराम थानी
– कालिकोट डा. चन्द्र भण्डारी
– जाजरकोट ध्रुव वाग्ले
– दैलेख दिलबहादुर घर्ती
– सुर्खेत जीवनबहादुर शाही
सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
– बाजुरा दिलेन्द्रप्रसाद बडू
– बझाङ मनमोहन भट्टराई
– डोटी शिवप्रसाद हुमागाइँ
– अछाम गगनकुमार थापा
– दार्चुला अतहर कमाल मुसलमान
– बैतडी किरणराज शर्मा पौडेल
– डडेल्धुरा बीरबहादुर बलायर
– कञ्चनपुर गुरुराज घिमिरे
– कैलाली एन.पी. साउँद
(कृष्णप्रसाद पौडेल)
मुख्य सचिव
हरेक जिल्लामा गरिने कार्यक्रमलाई कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि आफ्ना काम सँगै अघि बढाउने तयारी गरेका छन्। सम्बन्धित क्षेत्रमा सरकारले गरेका निर्णयको प्रभाव र विगतमा गर्छु भनेर नगरेका विषयमा उठाउने जनाइएको छ।
कांग्रेस केन्द्रीय समितिले भने विगतमा कांग्रेसले गरेको काम र अहिले सरकारले गरेका कामका विषयमा प्रष्ट पार्ने जनाएको छ।
विशेषगरी वाइडबडी विमानमा भ्रष्टाचार भएको विषयमा र राष्ट्रिय गौरवको बढीगण्डकी आयोजना चाइना कम्पनीले दिने गरी सरकारले तयारी गरेको भन्दै यी विषयलाई प्राथमकिताका साथ उठाउने जनाएको छ।
आफ्नै कामको पनि समीक्षा
केन्द्र र प्रदेश सरकारमा प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले पार्टीको प्रतिनिधित्व रहेको स्थानीय तहमा भएको कमजोरी र प्रगतिको समीक्षा गरी जागरण अभियानमा लैजाने जनाएको छ।
जिल्ला स्तरबाट स्थानीय तहको काम कारबावहीको विषयमा प्रतिवेदन तयार पारिने र एक प्रति केन्द्रमा पाठाइने जनाइएको छ।